झरीले मरे डेढ सय कालिज

समाधान संवाददाता २०७८ भदौ १० गते १३:२१

समाधान संवाददाता
पोखरा- कास्कीको माछापुच्छे« गाउँपालिका ४ लाहाचोकको एक फार्ममा पालेका १सय ५० कालिज अत्यधिक वर्षातम रुझेर मरेका छन् ।


माछापुच्छे« वाइल्ड लाइफमा पालिएका कालिज झरीमा रुझेर मरेको फार्म सञ्चालक प्रकाश ठकुरीले जानकारी दिए । उनले फार्ममा २ हजार कालिज पालेका थिए । उनले करिब ४० लाखको लगानीमा कालिज फार्म खोलेको हुन् । उनले कालिज मरेर ५ लाख २५ हजार बराबरको क्षति भएको बताए ।


‘फार्ममा कालिजका लागि ओतको व्यवस्था गरिएको थियो,’उनले भने, ‘खुला रुपमा चौरमा छाडेका कालिज ३÷४ दिनको वर्षातका कारण मरे ।’उनले बिरामीहरु नियमित रुपमा खोरमा बसेपनि सद्दे कालिज खुल्ला रुपमा बसिरहेका थिए ।

Advertisement


सञ्चालक ठकुरीले १ वर्षअघि बिमा गरे पनि अहिले ३ ÷४ महिनाका नयाँ चल्लाको भने बिमा नगरेको जानकारी दिए । उनले मरेका कालिज खाल्डो खनेर पुरेका छन् । अब बाँचेका कालिज जोगाउन विशेष ध्यान दिइने उनले बताए । उनले गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङलाई घटनाका बारेमा जानकारी गराएको भए पनि क्षतिपूर्तीको व्यवस्था नभएको गुनासो गरे ।


पछिल्लो समयमा बजारमा कालिजको मासुको माग राम्रो छ । उनले उत्पादन गरेका कालिज गाउँपालिका र पोखराको सहरी क्षेत्रका बिक्री हुन्छन् ।अहिले बजारमा चल्लाको ८ सयर जिउँदो कालिजको मूल्य ३ हजार ५सयसम्म पर्छ ।

Advertisement


कालिज जंगली पन्छी हो ।पछिल्लो समयमा नेपाल सरकारको अनुमतिमा फार्म खोलेर कालिज पाल्न थालिएको छ । कुनो कालिज फार्म पोखरा २६ बुढीबजारका सञ्चालक प्रकाश कोइरालाले पालेका कालिजलाई निश्चित तापक्रममा मिलाए राख्नुपर्ने जनाए। ‘खोरभित्र तातोमा बस्ने कालिजलाई तापक्रम मिलाएर बाहिर निकाल्ने बानी बसाल्नुपर्छ,’उनी भन्छन्, ‘राम्रो प्राविधिक ज्ञानबिना कालिज पाल्ने प्रचलन बढेको छ । रहरले कालिज पाल्दा फार्म सञ्चालकले क्षति व्यहोर्नुपरेको छ ।’
उनले सञ्चालन र व्यवस्थापनमा विशेष ध्यान दिए कालिजपालनबाठ छिटो आम्दानी हुने र कम जोखिम भएको दाबी गरे ।

कालिज पालनबारे विगत ३ वर्षदेखि अरुलाईप्राविधिक ज्ञान दिदै आएका कोइरालाले कालिज पालन व्यवसाय प्रयोगात्मक अवस्थामै रहेको प्रतिक्रिया दिए । उनले नयाँ व्यवासाय भएकाले पशु विकास शाखाका प्राविधिकले समेत आफूहरुसँग सोध्ने गरेको सुनाए ।


जंगली पन्छी विज्ञ प्रकाश खतिवडा उपाध्यायका अनुसार कालिजका माउले बच्चालाई जंगलमा व्यवस्थापन गरेर हुर्काउछ । कुनै खतरा परेमा माउको संकेत अनुसार उड्न सक्ने बच्चा उड्छन । उड्न नसक्ने बच्चा चुच्चोले पातलाई ठुंगेर आफू पातमुनि लुकेर ज्यान जोगाउँछन् । चल्लाहरुमाउको अर्को आवाज नआएसम्म मरेतुल्य गरी बस्छन् । ठूलो पानी परेमा रुखको टोडको, ढुंगाको काप, ठूलो रुख,गुफातिर शरणलिन पुग्छन् ।


कालिज शिकारी जस्तो हुने भएकाले आपसमै लडेर पनि घाइते हुने उनले सुनाए । कालिजको रेखदेख र उनीहरुको व्यवस्थापनबारे फार्म सञ्चालक चनासो हुनुपर्ने उनको सुझाव छ ।

तपाईको प्रतिक्रिया