पहिराेमा पुरिएर पाेखरामा तीन जनाको मृत्यु

समाधान संवाददाता २०७८ भदौ १७ गते ९:५२

समाधान संवाददाता

पाेखरा-हिजो राति देखि परेको अविरल वर्षका कारण पोखरामा ३ जनाको ज्यान गएको छ । घरमाथिबाट पहिरो आई घर पुरिदा पोखरा ११का लक्ष्य नेपालीको मृत्यु भएको हो । एक तले कच्चीघर माथी पहिरो जाँदा ४२ वर्षीय लक्ष्य नेपालीको उपचाका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनलको १४ वर्षीय छोरी सृष्टी नेपालीको दुबै दुट्टा र ढाडमा चोट लागेको छ । उनको अन्य सदस्य भने सकुसल छन् ।

यस्तै पोखरा महानगरपालिका वडा नम्बर २० भलाममा ३५ वर्षीय सुन माया तामाङ र उनका श्रीमान कृष्ण श्रेष्ठको मृत्यु भएको छ । टाउकोमा गम्भिर चोट लगेका श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । उनका छोरा पहिरोमा परि सन्तोष श्रेष्ठ वेपत्ता भएका छन् भने ९ वर्षीय छोरा राजकुमार श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालका बताए ।

Advertisement

तपाईको प्रतिक्रिया