नेटफिलिक्सका ५ विकल्प

समाधान संवाददाता २०७८ भदौ २४ गते १५:००

तपाई मोबाइलमा विभिन्न फिल्म, वेब सिरिज तथा एनिमेसन हेर्न चाहनुहन्छ तर नेटफिलिक्स सब्सक्रिब्सन गर्नलाई बजेट छैन् भने तपाईलाई नेटफिलिक्सका ५ विकल्प छन् । जुनमा तपाई विनाखर्च र विना सब्सक्रिब्सन आनन्दले फिल्म तथा वेब सिरिजको मजा लिन सक्नुहन्छ ।


१. पुल्टो टिभी
पुल्टो टिभीमा तपाई बिना खर्चमा विभिन्न फिल्महरू हेर्न सक्नुहुन्छ । यसले तपाईलाई लाइभ अन डिमान्ड टिभी, तथा २५० भन्दा बढी च्यानलहरू प्रदान गर्दछ । यसमा तपाईले आफ्ना परिवारका साथ हेर्न मिल्ने फिल्मको सेक्सन समेत छ । पुल्टो टिभीलाई तपाई आफ्नो टिभीमा समेत डाउनलोड गरेर हेर्न सक्नु हन्छ । पुराना क्लासिक फिल्महरू समेत यसमा राखिएको छ ।


२. टुवी
टुवीले तपाईलाई हजारौं फिल्म तथा वेब सिरिजहरू प्रदान गर्दछ । यसमा तपाईले चाहेका र फिल्म तथा वेब सिरिजका छुट्टा छुट्टै सेक्सन छन् जसले तपाईलाई थप सहजताका साथ आफूले खोजेका फिल्महरू पाउन सजिलो हुन्छ । होरर, एक्सन तथा अन्य क्याटगोरीका फिल्म समेत यसको लाइब्रेरीमा पाइन्छ । आफूले चाहेको र आफ्नो रूचि अनुसारको फिल्महरू यसमा पाइन्छ ।

Advertisement


३. एम एक्स प्लेयर
नेपाल तथा भारतमा सर्वाधिक डाउनलोड भएको एप्स हो एम एक्स प्लेयर यसमा प्राय हिन्दी डबिङ गरिएका फिल्म तथा हिन्दी भाषाका वेब सिरिजहरू छन् । हाल एमएक्स प्लेयरले आफ्नो ओरजिनल वेब सिरिजहरू समेत निर्माण गरेर दिन थालेको छ । यसमा आश्रम तथा मस्तराम जस्ता चर्चित वेब सिरिज हुनाले प्राय धेरैको मोबाइलमा हुने एप्स पर्दछ । केही नेपाली फिल्म समेत एम एक्स प्लेयरमा पाइन्छ । यसमा भएको वेब सिरिजका सिजनको समेत प्रतीक्षा समेत हुने गरेको छ ।


४. फिल्मराइज
फिल्मराइज एक त्यस्तो एप्स हो जुनमा करिब २० हजारभन्दा धेरै फिल्म वेब सिरिज तथा डकुमेन्ट्रीहरू छन् । यसमा तपाईले अवार्ड जितेका फिल्महरूको लामो लिस्टसमेत पाउनुहनेछ । यसमा तपाई लाइभ कन्सर्ट समेत हेर्न सक्नुहनेछ त्यसैले यो अन्य भन्दा बढी लोकप्रिय एप्स छ । एक्सन फिल्म, कुकिङ, तथा बच्चाहरूको लागि छुट्टै सेक्सनसमेत यसमा छ । यसले गर्दा बच्चाहरूलाई समेत यो एप्स उपयोगी हुने छ ।
५. एनबिसी
धेरैजस्तो टेलिभिजन स्टेसनहरूले आफ्ना ग्राहकलाई सित्तैमा आफ्ना कन्टेन्टहरू दिने गर्छन् त्यसमा एनबिसी पनि पर्दछ । एनबिसीमा तपाईले अन्य ठाँउमा प्राप्त गर्न नसक्नु भएका फिल्मसमेत पाउन सक्नुहन्छ । फिल्महरूका साथ साथै एनबिसीले आफ्ना करेन्ट सिजनका कन्टेन्टहरू समेत प्रसारण गर्ने गर्दछ । नेटफिलिक्सको विकल्पको रूपमा समेत यसलाई हेर्न सकिन्छ किनभने यसमा द अफिस, फ्रेन्डस्, द गोल्डेन गर्लस् जस्ता चर्चित सिरिजहरू समेत छन् ।

Advertisement

तपाईको प्रतिक्रिया