लिम्पियाधुरामा जनगणना नहुने

समाधान संवाददाता २०७८ भदौ २५ गते १२:२८

लिम्पियाधुरामा जनगणना नहुने
काठमाडौं- सरकारले गत वर्ष जेठमा दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर नेपालको नयाँ चुच्चेनक्सा जारी ग¥यो । तर नक्सा जारी गरेको एक वर्षपछि हुनलागेको राष्ट्रिय जनगणनामा नेपालका ती भूभागमा बसोबास गर्ने नेपाली भने छुट्ने भएका छन् ।


केन्द्रीय तथ्यांक विभागले कोभिड–१९ महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना २०७८ आगामी कात्तिकमा पुनः सञ्चालन गर्ने निश्चित गरे पनि उक्त भूभागमा भने गणना नगर्ने भएको हो ।


विभागका महानिर्देशक नेबललाल श्रेष्ठले सो भूभागमा जनगणना गर्नु संवेदनशील रहेकाले विभाग एक्लैले गणना गर्न नसक्ने जनाए । ‘यो एकदमै संवेदनशील विषय हो । तथ्यांक विभागमात्रै गएर त्यहाँ जनगणना गर्नसक्ने अवस्था छैन । यो वास्तविकता हामीले मान्नुपर्छ’, महानिर्देशक श्रेष्ठले भने, ‘स्थानीय, प्रदेश र केन्द्र सरकारसँग हामी निरन्तर छलफलमा छौँ । के सम्भव छ, निक्र्यौल गर्छौँ ।’

Advertisement

तपाईको प्रतिक्रिया