सिग्देल सभापतिमा उठ्ने

समाधान संवाददाता २०७८ भदौ २५ गते १२:२९

पोखरा, २४ भदौ (समाधान)–सुवास सिग्देलले नेपाली कांग्रेस कास्की क्षेत्र नं. २, प्रदेश खको सभापतिमा उम्मेदवारी दिने भएका छन् । बिहीबार उनले विज्ञप्ति निकालेर यसको घोषणा गरेका हुन् ।


२०४५ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिका यात्रा सुरु गरेका सिग्देल जेसीज अन्र्तराष्ट्रिय अन्र्तगत पोखरा जेसिज अध्यक्ष, नेपाल जेसिज राष्ट्रिय उपाध्यक्ष, रोटरी क्लब अफ पोखरा न्यूरोडमा अध्यक्ष एवम रोटरी डिस्ट्रक ३२९२ नेपाल भुटानका लागि सहायक गर्भनर र युवा परिचालन तथा संरक्षण समितिको केन्द्रीय अध्यक्ष जस्ता जिम्मेवारी वहन गरेका छन् ।


कास्की २ खमा पोखरा महागनरका वडा नं १६,२०,११,४,९ र ८ पर्छन् । यस क्षेत्रका कार्यकर्ताको भावनाको उच्च सम्मान गर्दै मनोबल बढाउने र समग्र कास्कीको पार्टी संगठन निर्माण अभियान चलाउने मुख्य लक्ष्य भएको उनले उल्लेख गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया