कांग्रेस रूपान्तरणका सूत्र खोज्दै बराल

समाधान संवाददाता २०७८ भदौ २९ गते २१:०५

कांग्रेस नेता किशोरदत्त बरालको पुस्तक मंगलबार सार्वजनिक भएको छ । नेपाली लेखक संघ कास्कीद्वारा आयोजित कार्यक्रममा ‘नेपाली कांग्रेसको रूपान्तरणका सूत्रहरू’ कृति सार्वजनिक भएको हो ।

बरालले नेपाली कांग्रेसमा २०४८ सालदेखि देखिएको बेथिति अन्त्य गर्न आवश्यक भएको औंल्याए । यसका लागि वैचारिक हिसाबले खारिएको र व्यावहारिक हिसाबले सच्चिएको नेतृत्वले वडादेखि केन्द्रसम्म हस्तक्षेप गर्नुपर्ने आवश्यकता देखेपछि पुस्तक लेखेको उनले सुनाए । उनले सपना र प्रतिबद्धताविनाको नेतृत्वले गर्दा पार्टी पार्टीजस्तो नबनेको र व्यक्तिवादी चरित्र मौलाउँदै गएको विचार राखे ।

नेपाली कांग्रेसकापूर्व महामन्त्री एवं पूर्व सभामुखतारानाथ रानाभाटले नेपाली कांग्रेसमा रूपान्तरण अपरिहार्य भइसकेको बताएका छन् । कांग्रेसमा २००७ र २०४६ सालको जस्तो ऊर्जा कायम राख्नका लागि सुवर्णशमशेर र गणेशमानका जस्तो त्याग र बीपीकोइरालाका जस्तो जीवनसापेक्ष वैचारिक हस्तक्षेप राख्ने गरी नेतृत्वमा रूपान्तरण आवश्यक रहेको रानाभाटले बताए ।

Advertisement

प्राडा यादवशर्मा गौँडेलले लेखकले पुस्तकमानवीनचिन्तन र विचार प्रक्षेपण गरेको बताए । राजनीतिकदलसमाजका अगुवाको जमातबन्नुपर्ने उद्घोष पुस्तकमागरिएको बताउँदै उनले पुस्तकमाउद्यमशीलता, रोजगारी र पुँजीनिर्माणलाई विशेष जोड दिइएको बताए । कृषि, जडीबुटी, पर्यटन र जलस्रोतलाई केन्द्रमा राखेर पार्टीको नेतृत्वले आफूलाई उद्यमशीलबनाउँदै कार्यकर्ता पङ्क्तिलाई समेत उद्यमशीलतातर्फ अग्रसर गराउनुपर्नेमा लेखकले जोड दिएको उनले बताए ।

पुस्तकमा विचारमात्रै नदिएर पार्टीको रूपान्तरणका व्यावहारिक एवं वैज्ञानिक उपायसमेत प्रस्तुतगरिएकाले गौँडेलले बताए ।विगत र वर्तमानको ऐनाका रूपमा पुस्तकआएको उल्लेख गर्दै उनले शिक्षा, प्रविधि एवं आर्थिक क्षेत्रलाई राजनीतिकदल सञ्चालनसँगजोडेर व्यवस्थापनकौशल र अर्थशास्त्रीय दृष्टिकोणसमेत पुस्तकमाआउनुले पुस्तकओजिलो बनेको बताए ।

Advertisement

अर्का समीक्षक एवं कांग्रेस नेता देवराजचालिसेले पुस्तक बरालको अनुभवबाट खारिएको विचार बोकेर आएको उल्लेख गरे । कांग्रेसको मूल्य, मान्यता र लक्ष्य के हुनुपर्छ भन्नेबारे पुस्तकले विभिन्नआधार प्रस्तुत गरेको बताउँदै चालिसेले नेतृत्व सङ्लिएमात्र सिंगो राजनीति संलिने कुरालाई पुस्तकले विशेष जोड दिएको बताए ।
राजनीतिकदलमा निर्णय प्रक्रिया, पारदर्शिता, उत्तरदायित्व र आर्थिक अनुशासनको ठूलो मूल्य रहेको कुरालाई लेखकले प्रमुखताका साथ उठाएको हुँदा पुस्तकले वास्तविकताको उठान गर्दै का्रग्रेस रूपान्तरणको स्पष्ट खाका प्रस्तुत गरेको औंल्याए ।

नेपाली कांग्रेस कास्की सभापति कृष्ण केसीले लेखकले विचार दिनुपर्ने र यस्तै पुस्तकजन्माइ रहनुपर्नेमा जोड दिए । संविधानसभा सदस्यशारदा पौडेलले बरालले पुस्तकमाउल्लेख गरेको विचार राजनीतिमा सक्रिय हुनेले मनन गरेर आफ्नाव्यवहार परिवर्तन गर्दै लगेमा साँच्चिकै कांग्रेस रूपान्तरित हुने र फेरि एकपटक प्रजातान्त्रिक संस्कारको विकास हुने विश्वास व्यक्तगरिन् ।

नेपाली लेखक संघ कास्की अध्यक्ष सञ्जीव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कमल पौडेल ‘अथक’ र निवर्तमान अध्यक्ष गणेश शर्माले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया