ओमानसँग नेपालकाे लज्जानक हार

समाधान संवाददाता २०७८ भदौ ३० गते ७:०४

एजेन्सीकाे सहयाेगमा ।

अमेरिकालाई हराएकाे नेपाली क्रिकेट टिमले दाेश्राे खेलमा ओमाानसँग नराम्राे हार बेहाेरेकाे छ । विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो दिन नेपाललाई ओमानलले ५ विकेटले पराजित गरेको छ ।

ओमानका ओपनिङ ब्याट्सम्यान जितेन्द्र सिंहकाे बिष्फाेटक ब्याटिङलाई लगाम लगाउन नसक्दा नेपाल उनी सामु निरिह बन्न पुग्याे र ३२ औं ओभरमै हारन् बाध्य भयाे । जितेन्द्रले मात्र ६२ बलामा १०७ रनकाे शतकीय पारी खेले ।

मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाएर १ सय ९६ रनको योगफल तयार गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको ओमानले ३१.१ ओभरमा ५ विकेट गुमाएर १ सय ९७ रनको लक्ष्य पूरा ग¥यो । ओमानका लागि जतिन्दरले शानदार इनिङ खेले । ओमानका लागि ६२ बलको सामना गरेका उनले १२ चौका र ६ छक्का प्रहार गरेका थिए ।

यस्तै महम्मद नदिमले ३८, सुरज कुमारले २० तथा आयान खानले १८ रनको योगदान गरे । नेपालका लागि सोमपाल कामी, कुशल मल्ल र करण केसीले १÷१ विकेट लिए ।

पहिलो इनिङमा आशिफ शेखको ९० रनप्रेरित नेपालले १ सय ९६ रनको योगफल तयार गरेको थियो ।

ओमानी बलरसामु सम्हालिन नसकेको नेपालको एक इन्डबाट लगातार विकेट जाँदा ओपनर आशिफले भने ओडीआई करियरकै पहिलो अर्धशतकीय इनिङ खेल्दै ९० रनको महत्त्वपूर्ण योगदान गरे । नेपालका लागि १ सय १२ रनको सामना गरेका आशिफले ७ चौका र १ छक्का प्रहार गरेका थिए ।

ओपनर कुशल भुर्तेल दुई बलको सामना गरेर शून्यमा पेभेलियन फर्किँदा कप्तान ज्ञानेन्द्र मल्लले २१ रनमा आउट भए ।

सोमबार भएको अमेरिकाविरुद्धको खेलमा अविजित अर्धशतक बनाएका रोहित पौडेलले पनि २० रन मात्रै जोडेर पेभेलियन फर्किँदा विनोद भण्डारी ६, सोमपाल कामी ७, कुशल मल्ल ४ र विक्रम शोब २ रन बनाएर आउट भए ।

सन्दीप लामिछानेले १० बलमा १६ रन बनाएर आउट हुँदा करण केसीले ४८ बलमा २१ रन जोडे । सुशन भारी २ रनमा अविजित रहेका थिए ।

ओमानका लागि तीव्र गतिका बलर बिलाल खानले १० ओभरमा ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै, नेस्टोर धाम्बाले २ तथा मोहमद नदिम र जिशन मक्सुदले १÷१ विकेट लिए ।

तपाईको प्रतिक्रिया