बिजनेश ब्यापार

मुस्ताङमा जिल्ला स्तरीय च्यांग्रा तथा पश्मिना कृषक संघ गठन

सुन्दरकुमार थकाली २०७८ असोज ६ गते १७:०२


—हिमाली जिल्ला मुस्ताङ कृषि र पशुपालनको प्रचुर संम्भावना छ । समुन्द्री सतहदेखि ३ हजार मिटर माथिको उचाईमा पालन गरिएका भेडा—च्यांग्राको माग चाडपर्वमा बढी हुने गर्छ ।
ब्यवसायिक च्यांग्रा पालन गर्ने तथा त्यसको प्रर्वद्धनमा सहयोग पु¥याउने उद्देश्यले हालै मुस्ताङमा जिल्ला स्तरीय “मुस्ताङ च्यांग्रा तथा पश्मिना कृषक कृषक संघ“ गठन गरिएको छ ।च्यांग्रा तथा पश्मिना कृषक संघले च्यांग्रा ब्यवसायलाई दिगो र कृषकलाई आत्मनिर्भर तुल्याउने उद्देश्यसहित संघको कार्यसमिति गठन गरिएको हो ।
जिल्लाको थासाङ गापा बाहेक सबै स्थानीय तहका च्यांग्रा पालक किसानहरुको प्रतिनिधित्व रहने गरी समिति निर्माण गरिएको छ । नवगठित समितिमा वारागुङ मुक्तिक्षेत्र—३ ताङ्वेका स्थानीय करन गुरुङको संयोजकत्वमा ९ सदस्यीय जिल्ला स्तरीय च्यांग्रा तथा पश्मिना कृषक समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा लोमान्थाङ—२ छोसेरका कर्मा नाम्ग्याल गुरुङ,सचिवमा वारागुङ मुक्तिक्षेत्र—१ खिङ्गाका टसी गुरुङ र कोषाध्यक्षमा लोमान्थाङका छिरिङ वाङ्दी गुरुङ चयन भएका छन् ।

यस्तै ,सदस्यहरुमा वारागुङ मुक्तिक्षेत्र—२ छेङ्गुरका चाप्के गुरुङ, लोघेकर दामोदरकुण्ड—३ घिलिङका छिरिङ नर्वु गुरुङ, लोघेकर दामोदरकुण्ड —१ चराङका आङजुक गुरुङ, लोमान्थाङका किम्लिङका वाङ्दी गुरुङ र लोघेकर दामोदरकुण्ड याराका लोप्साङ गुरुङ छन् ।समितिको सल्लाहाकारमा घरपझोङ—४ जोमसोमका भुपेन्द्र शेरचनलाई चयन गरिएको छ ।
मुस्ताङमा ब्यवसायिक च्यांग्रा पालनका लागि गठिन समितिका संयोजक करन गुरुङले च्यांग्रा पालक कृषकहरुको ब्यवसाय प्रर्वद्धन गरी मासु तथा पश्मिना उत्पादन तथा बजारिकरण गर्ने संघको उद्देश्य रहेको बताएका छन् । समिति गठनपछि जिल्लाका कृषकहरुको जिवन स्तर उत्थान गर्नका लागि पश्मिना निकासी तथा पैठारी गर्नमा समन्वय गर्ने उनले उल्लेख गरे । समितिले च्यांग्रा पालक कृषकहरुको न्युनतम आधारभुत आवश्यकताहरु च्यांग्रा तथा पश्मिनाबाट परिपूर्ती गरिने संयोजक गुरुङले बताए ।
नवगठित च्यांग्रा तथा पश्मिना कृषक संघले जिल्लाका सम्वन्धित सरोकारवाला सरकारी कार्यालयहरुबा आर्थिक ,प्राविधिक तथा तालिम समेत सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गरेको छ ।
मुस्ताङको जोमसोमदेखि उपल्लो मुस्ताङको कोरलानाकासम्मको गाउहरुमा कृषकहरुले करिव ५२ हजार च्यांग्रा पालन गरेको जिल्ला भेटनरी तथा पशुसेवा कार्यालय जोमसोमले जनाएको छ ।जसमध्ये लोघेकर दामोदरकुण्ड—३ घिलिङका अधिकाश स्थानीयले च्यांग्रा पालन ब्यवसाय गरेको च्यांग्रा तथा पश्मिना कृषक संघका संयोजक करन गुरुङले जानकारी दिए ।

उनका अनुसार उत्तरी चिनको स्वशासितक्षेत्र तिब्बतबाट च्यांग्राका पाठा—पाठी ल्याएर पालन गरिने र वयस्क भएपछि बिक्री गर्ने चलन रहेपनि कोभिडका कारण नाका बन्द भएकाले मुस्ताङमा विगतको जस्तो च्यांग्रा मौज्याद नरहेको बताए । उनले लामो समय देखि नाका बन्द हुदा च्यांग्राको पश्मिना निर्यातमा समेत समस्या परेको थियो ।

Advertisement

सीमावर्तीक्षेत्रमा उत्पादन भएका च्यांग्राको पश्मिना चाईनातर्फ बिक्री हुने गरेपनि कोभिडले गर्दा कम मुल्यमा नेपालमा बिक्री गर्नुपर्ने अवस्था रहेको जनाईएको छ । मुस्ताङबाट बर्सेनि दशै पर्वको सेरोफेरोमा झन्डै २५ हजार भेडा—च्यांग्रा बाहिरिने गरेको रेकर्ड छ ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया