श्री अन्तुको सौन्दर्य र मान्छेको कुुरुपता

मदन भण्डारी २०७८ असोज २४ गते १७:३३


झापाको बिर्तामोडमा बसबाट झरेर चारआली हँुुदै उकालो ठडिँदा मधेस छाडिन थाल्छ । जति उकालो चढ्यो, उति चिसो हावाको स्पर्श बढ्छ । सानो गाडीका यात्रुुहरु कान छोप्न थाल्छन् । दोस्रो सिटमा म, एक भद्र महिला र पण्डित हुुन्छौँ । महिला उच्च व्यापारिक घरानाकी र असी छेउछाउका पण्डित आध्यात्मिक चेतका बुझिन्थे । हर्कटे पुुग्दा दुुवैले पूूर्वको डाँडोतिर फर्केर हात जोडे । म बुुभ्mछुु, पाथीभरा देवी र कुुटी डाँडाको आराधना गरिएको हो ।


उनीहरु यहाँकी सानीपाथीभरा र ताप्लेजुुङ्की ठूूली पाथीभरा दुुवैको चर्चा थाल्छन् । आ–आफ्नै अनुुभवको पोया खोल्दै देवी शक्तिशाली छन् भन्ने विश्वास व्यक्त गर्छन् । म पोखराबाट इलामको फिक्कल ताकेर हिँडेको मान्छे । ताप्लेजुुङको पाथीभराबाट उडान भर्नेबित्तिकै एमाले नेता रवीन्द्र अधिकारीले मृत्युवरण गरेको घटना सम्झिन्छु । राजनीतिक कारण र वाइड बडी पापको परिणाम भन्ने पार्टीभित्रै दुईथरि विचार निस्केका थिए । पण्डित र महिला पनि राजनीतितिरै सोझिए ।


‘निर्मलाले पार्टीको चुुनाव सानदार ढंग ले जितिन् नि बा ?’
‘हो; निर्मला राम्री पनि, टाठी र इमान्दार पनि छिन् ।’

Advertisement


‘उनीहरुको बिहे प्रेमको उच्च नमूूना हो । अलग अलग सम्प्रदायका मान्छे उदाहरणीय दाम्पत्य जीवन बिताउँदैछन् । कांग्रेसको राजनीति सल्ट्यो भने निर्मला धेरैमाथि पुुग्छिन् ।’


पण्डितले थोता दाँतका दुुवै गालामा जिब्रो घुुमाएर भने, ‘कांग्रेसको कुरा गरिसाध्ये छैन नानी, कुुलबहादुुर गुुरुङजस्ता महान मान्छेलाई पार्टीले चिनेन । हामी इलामेले पनि बूूढा मरेपछि मात्रै महत्ववोध गर्छौँ होला ! बूूढा सक्कली लोकतन्त्रवादी मान्छे हुुन् ।’

Advertisement


कन्याम र छिपिटार हँुुदै फिक्कलचोक आइपुुग्यो । यो चोकले दार्जीलिङ, इलाम र झापालाई जोड्छ । इलामको अलैँची, ओलन, आलुु, अकबारे र अम्लिसो प्रख्यात छन् । फिक्कलमा किमी, घिउ, डल्ले खोर्सानी र छुुर्पी किन्नेको सधैँ भीड हुुन्छ ।


फिक्कलै पारी त्यो अन्तुु डाँडा त्यो मुुनि छिरुवा
हीराको चोइटा तिमी छौ एउटा मायाको बिरुवा


आफू सानै छँदा ऊबेलाका तन्नेरी–तरुनी र बूूढापाका समेत यो गीत गाउँदै नाँच्थे । गाईवस्तुु चराउनेहरु रित्तारित्ता नागीमा यही गीत रन्काउँथे । अब त नागी डाँडामा चियाको हरियाली छाएको छ ।


वारिपारि हरियाली हेर न साथी चियाबारी
यहीँ छ हाम्रो गोरखनाथ यहीँ छ हाम्रो घरबारी


हामी गाउँथ्यौँ । ६ कक्षाकी मेरी साथी निता असाध्य राम्रो नाँच्थिन् । आफू बूूढो भाको उस्तो थाहा नहुुने, निता निक्कै बूढी देखिन्छिन् । समयको तुुसारो सबैको टाउकोमा खस्छ । हामी प्राविदेखि हाईस्कूूल पढ्दासम्मका साथी । भेट्ने रहरले हत्तारिँदै भान्जाको घरतर लागेँ । भान्जा पार्टीको मिटिङमा रहेछन् । त्यहीँ डाकिएँ । गएँ, भान्जाका नेता साथीहरु रहेछन् । दुुर्गा बराल बाहेकका सबै अपरिचित । पोखराका दुुर्गा बराल ‘वात्सायन’ भेटिँदा फिक्कलका साथी दुुर्गा बराललाई सम्झिन्छु । दुुवै अग्ला–पातला । दुुर्गाजीले अरुसँग परिचय गराए, ‘उहाँ जीवन, उहाँ निर्मला अग्रवाल….!’ निर्मला नामले स्ट्राइक ग¥यो । गाडीमा सुुनिएको नाम । दीप्ति र कान्ति उनैमा थियो ।


‘मामा…!’ चिया आउँदा आउँदै भान्जाले कडा राजनीतिक अक्रमण गरे, ‘अब पनि मामा कम्युुनिष्ट भैराख्ने हो भने हजुर कंश मामा, म कृष्ण भान्जा । अब तपाइँले कम्युनिष्ट परित्याग गर्ने हो भने हजुर कृष्ण मामा, म भान्जा अभिमन्यूू । तपाइँका यहाँका आदरणीय मान्छे सोना मलामा पनि एमाले छाडेर समाजवादीतिर लागेका छन् । अब मामा भत्केको घरमा नबस्नोस् । हत्याको बात् लाग्ने पार्टीसँग पनि नाता तोड्नुुहोस्…..!’
सबै गलल्ल हाँसे । म बोलिनँ । दुुर्गाजीले कुुरा मिलाए, ‘देवीदेउता, राजनीति र रङ आ–आफ्नो रोजाई र आस्थाको विषय हो । आज पार्टीहरु समान हैसियतका छन् । जो जता लागे पनि मान्छे चाहिँ असल हुनुुपर्छ । महान पनि होइन, असल ; वीपीको आह्वान यही छ ।’


बाहिरिँदा निर्मलाले मलाई सोधिन्, ‘मामा, अन्तुु जानुु भाछ ?’
‘५० वर्षअगाडि गएको हूूँ !’
‘अहिले पनि जानोस् !’ भान्जालाई भनिन्, ‘राजेनजी, लानोस् है ?’


राजेन र मैले निर्मलाजीको सुुझावलाई शिरोपर ग¥यौँ । मोटर साइकिलमा ओरालै ओरालो सिद्धि खोला झ¥यौँ, उकालै उकालो अन्तुु डाँडातिर चढ्यौँ । पिच बाटो सकिएपछि मैले हार खाएँ, ‘फर्कौँ भान्जा !’ भनेँ ।

‘किन ? मामालाई गाह्रो भयो ?’
‘निर्मलाजीले बाटोको यही दुुर्गती देखाउन मलाई जानुु भन्नुु भाहोला । उहाँको कुुराको अन्तर्य बुुझियो । अबको उकालोको यात्रा जोखिमपूूर्ण हुुन्छ । डबल लोडन जाम् !’
‘जूूँ जूूँ मामा जूूँ…. म बिस्तारै लैैजान्छुु !’


अव्यवस्थित ढंगले बाटो सोलिङ गर्न थालिएछ । दायाँबायाँ फोहोर । पोखरी दुुर्गन्धित । माछाहरु अभागी । मन विरक्तियो । करफोक हाईस्कुल २०१० सालमा स्थापित भएछ । त्यतिखेरै त्यहाँ नेपाली साहित्यका त्रिमूूर्ति पुुगेछन् । नेपाली भाषा प्रकाशिनी संस्था जन्मेछ । २०२८ सालमा करफोक हाईस्कुलबाट हामी भ्रमणमा यहाँ आएका थियौँ । लुुकीडुम खेलेका थियौँ । वातावरण स्वच्छ थियो । त्यतिखेरै झापा आन्दोलनबारे सुुनिएको थियो । तिनै झापा आन्दोलनका एक अगुुवा यसै क्षेत्रबाट पटक पटक मन्त्री र प्रधानमन्त्रीसम्म भए । विकासले उल्टो गति लिएछ । श्री अन्तुुले महिनाको लाखौँ रुपैयाँ राज्यलाई दिन्छ । बिचरा श्री अन्तुु उत्पीडनमा बाँचिरहेछ । ३ फिट चौडाईको बाटो पनि असरल्ल ।

रेशमैको पछ्यौरी अल्झेछ एैँसेलुु काँडामा
झुुल्के घाम हेर्न जाउँ कान्छी त्यो अन्तुु डाँडामा


बैँसको बेला तारानाथ शर्माले गीत लेखेका थिए । अब उनी बुुढ्यौलीले थन्केका छन् । श्री अन्तुुको सौन्दर्य पनि मान्छेको कुुरुपताले भत्किँदै छ । नयाँ पुुस्ताका मान्छेले अब यसको महत्ववोध गर्नैपर्छ । निर्मल मनकी निर्मलाहरुका काँधमा यही जिम्मेवारी छ ।

मदन भण्डारी

साहित्यकार भण्डारी राजनीतिक क्षेत्रमा पनि विश्लेषणात्मक कलम चलाउँछन् 

तपाईको प्रतिक्रिया