च्याम्पियन्स लिगः राेनाल्डाेले जिताए म्यानयुलाई

समाधान संवाददाता २०७८ कार्तिक ४ गते ८:३१

एजेन्सी ।

क्रिष्टियानो रोनाल्डोले अन्तिम समयमा गरेको गोलको सहयोगमा म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग फुटबलमा महत्वपूर्ण जित दर्ता गरेको छ ।

समूह एफ अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले इटालियन क्लब एट्लान्टामाथि ३–२ को जित निकालेको हो ।

Advertisement

पहिलो हाफमा २–० ले पछि परेको घरेलु टोली म्यानचेस्टर युनाइटेडले दोस्रो हाफमा पुनरागमन गरेको हो । एट्लान्टाका लागि १५ औँ मिनेटमा मारिओ पासालिक र २८ औँ मिनेटमा मेरिह डेमिरालले गोल गरेर अग्रता दिलाएका हुन् ।

दोस्रो हाफमा युनाइटेड खेलमा फर्कियो । ५३ औँ मिनेटमा मार्कस रासफोर्ड तथा ७५ औँ मिनेटमा ह्यारी मागुइरीले गोल गरेपछि युनाइटेडले बराबरी गर्न सफल भयो । रोनाल्डोले ८१ औँ मिनेटमा ल्यूक शको सहयोगमा हेड मार्फत गोल गरी युनाइटेडलाई जित दिलाएका हुन् ।

Advertisement

याे जित पछि म्यानयु समुहकाे शिर्ष स्थानमा उक्लिएकाे छ । ३ खेलबाट उसकाे ६ अंक भएकाे छ ।

तपाईको प्रतिक्रिया