मुस्ताङमा लै®िक हिंसा विरुद्ध १६ दिने अभियान सुचिसहित

सुन्दरकुमार थकाली २०७८ मंसिर १० गते १७:२२
फोटो क्याप्सन ः मुस्ताङमा लैड्डिक हिंसा विरुद्ध स्रोह दिने अभियान अन्तर्गत प्रभातफेरी ।

जोमसोम—हिमाली जिल्ला मुस्ताङमा लैड्डिक हिंसा विरुद्ध स्रोह दिने अभियान बिहिबारदेखि सुरु भएको छ ।जिल्ला प्रशासन कार्यालय मुस्ताङको अगुवाईमा जिल्ला स्थित सरकारी कार्यालय, स्थानीय निकाय र विभिन्न संघ संस्थाले संयुक्त रुपमा १६ दिने अभियान सुरु गरेका हुन् ।

लैड्डिक हिंसा विरुद्ध स्रोह दिने अभियानको पहिलो दिन ‘घरैबाट सुरु गरौ,महिला महिला हिंसा अन्त्य गरौं’ भन्ने उद्घोषसहित महिला माथि हुने सबै खाले हिंसा बिरुद्ध मुस्ताङ सदरमुकाम जोमसोममा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । प्रभातफेरी जोमसोम बजार हुदै जिल्ला प्रशासन कार्यालय परिसरको कर्मचारी मिलनकेन्द्र चौतारीमा कोणसभामा परिणत भएको थियो । कोण सभामा मं महिला ंिहंसा गर्दिन र महिला हिंसा हुन दिन्न भन्ने प्रतिबद्धता गर्दै हस्ताक्षण संकलन गरिएको थियो ।


नेपाली महिलामाथि हुने हिंसा विरुद्धको अभियानमा प्रभातफेरीसंगै मंसिर २४ गतेसम्मका लागि महिला हिंसा विरुद्ध विभिन्न सचेतना मूलक कार्यक्रमको खाका समेत सार्वजनिक गरिएको छ ।जसअन्तर्गत अभियानको दोश्रो दिन जिल्ला अस्पताल तथा जिल्ला आयुर्वेद कार्यालयको संयोजनमा मुस्ताङका दीर्घ रोगका बिरामीलाई निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला अस्पताल जोमसोममा मधुमेह,उक्तचाप र अन्य रोगका दीर्घ बिरामीहरुलाई स्वास्थ्य लाभ लिएका छन् ।

Advertisement


यस्तै लैड्डिक हिंसा विरुद्ध स्रोह दिने अभियान अन्तर्गत तेश्रो दिन जोमसोम बजार तथा कालिगण्डकी तटीय क्षेत्रको बृहत सरसफाई ,चौथोदिन महिला सम्वन्धि कानुनी अभिमुखिकरण ,पाचौदिन घरपझोङ गापाको ५ वटै वडामा लैड्डिक हिंसा विरुद्ध विभिन्न कार्यक्रम,छैटो दिन लैड्डिक हिंसा विरुद्ध विभिन्न समाजहरुले पु¥याएको योगदानको समिक्षा,सातौदिन लैड्डिक हिंसा न्युनिकरणमा ज्येष्ठ नागरिकहरुको भूमिका र योगदान,अन्तर पुस्ता शीप हस्तान्तरण सम्वन्धि प्रवचन र कानुन बारे जानकारी दिईने ,आठौंदिन जिल्ला बाल संञ्जाल गठन तथा त्यसबारे स्थानीय प्रशासनमा जानकारी गर्ने र परिचालन गर्ने , नवौदिन फरक क्षमताका ब्यक्तिहरु र लैड्डिक सम्वन्धि अन्तरक्रिया, ,दशौदिन लैड्डिक हिंसा निवारणमा महिला सहकारीहरुको भूमिका बिषयक अन्तरक्रिया ,एघारौ दिन थासाङ गापाको विभिन्न कार्यक्रम,बाह्रौदिन जिल्लाको महिला हिंसा तथ्यांकसहित हिंसा निवारणका उपाय र हालसम्म देखिएका गुनासोको समिक्षा ,बिद्यमान महिला ंिहंसा सम्वन्धि कानुन प्रावधान, तेह्रौदिन वारागुङ मुक्तिक्षेत्रको बिभिन्न कार्यक्रम,,चौधौदिन लैड्डिक हिंसा निवारणमा महिला तथा आमा समुहहरुको योगदान समिक्षा र अबको बाटो र सोह्रौ तथा अन्तिमदिन लैड्डिक हिंसा विरुद्ध स्रोह दिने अभियानको प्रभावकारिता तथा समिक्षा कार्यक्रम संञ्चालन गरिने छ ।

बर्सेनि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तराष्ट्रिय स्तरमै महिला बिरुद्ध हुने लैड्डिक हिंसा बिरुद्धको १६ दिने कार्यक्रम आयोजना हुदै आईरहेको छ । नेपालले यसप्रकारको अभियान २०५४ सालदेखि सुरु गरेको थियो । सुरुआती चरणमा मानवअधिकारवादी तथा महिला अधिकारकर्मी लगायत विभिन्न संघसंस्थाले आयोजना गर्ने यसप्रकारको कार्यक्रम आ.व. २०७५ देखि नेपाल सरकारको निर्णय अनुसार राष्ट्रिय रुपमै प्रदेश र ७५३ वटै स्थानीय तह एवं त्यसका वडाहरु,सरोकारवाला निकाय,बिद्यालय ,सामाजिक संघसंस्थाको सहभागिताका विभिन्न कार्यक्रमको आयोजना गरिदै आईरहेको पाईन्छ ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया