मेखलाल श्रेष्ठ प्रदेश उपसभापतिमा उठ्ने

समाधान संवाददाता २०७८ मंसिर १६ गते १२:००

नेपाली का‍ंग्रेसकाे गण्डकी प्रदेश उपसभापतिमा स्याङ्जाका मेखलाल श्रेष्ठ उठ्ने भएका छन् । नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन अन्तरगत शुक्रबार र शनिबार प्रदेश अधिवेशन सम्पन्न हुँदैछ ।

नेपाली कांग्रेसमा शेरबहादुर देउवा समुहका श्रेष्ठ अर्जुन जाेशी प्यानलबाट उपाध्यक्षकाे उम्मेद्वार बन्न लागेका हुन् । श्रेष्ठ गण्डकी प्रदेश सरकारमा शिक्षा विज्ञान तथा प्रविधि र सामाजिक मन्त्री छन् ।

गण्डकी प्रदेशकाे शिक्षा क्षेत्रकाे विकासमा आफुले महत्वपूर्ण भूमिका निर्वाह गरिसकेकाे बताउदै श्रेष्ठले प्रदेशलाई सडक बालबालिका मुक्त प्रदेश बनाउने लगायतका थुप्रै सुधारका काम गरिरहेकाे दावी श्रेष्ठकाे छ ।

Advertisement

लामाे समयसम्म कांग्रेस नेता गाेपालमान श्रेष्ठकाे पिए बनेर काम गरेका उनी स्याङ्जाका स्थायी बासिन्दा हुन् । उनले गण्डकी प्रदेशमा कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने पार्टी बनाउनका लागि पनि आफु उपसभापति बन्न लागेकाे बताए ।

Advertisement

तपाईको प्रतिक्रिया