प्रधानमन्त्रीले देशवासीलाई सम्बाेधन गर्दै

सम्बाेधनमा के के घाेषणा गर्दैछन् देउवाले ?

समाधान संवाददाता २०७८ माघ ७ गते १३:२२

समाधान संवाददाता, पाेखरा ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्त भएकाे छ महिनापछि आज पहिलाे पटक देशवासीलाई सम्बाेधन गर्ने भएका छन् । प्रधानमन्त्रीकाे सचिवालयका अनुसार आज दिउसाे ३ बजे नेपाल टेलिभिजन मार्फत देउवाले सम्बाेधन गर्ने छन् ।

अचानक प्रधानमन्त्रीले देशबासीका नाममा सम्बाेधन गर्ने कुरा सार्वजनिक भएपछि राजनैतिक वृत्तमा हल्लिचल्ली भएकाे छ । हिजाे मात्र सत्ता साँझेदार दलका शीर्ष नेता माधवकुमार नेपाल र पुष्पकमल दाहालसँग प्रधानमन्त्रीकाे भेटवार्ता भएकाे थियाे ।

Advertisement

देशमा स्थानीय तहकाे निर्बाचन कहिले गर्ने भन्ने बहस चलिरहेकाे छ । माओवादी अध्यक्ष प्रचण्डले स्थानीय तहकाे चुनाव पछि सारेर बैशाखमा संघीय चुनाव गर्न सुझाएपछि राजनीति तरंगित बनेकाे छ ।

आजै सत्तागठबन्धन दलकाे बैठक पनि राखिएकाे छ । साे बैठक अघि नै देउवाले सम्बाेधन गर्न लागेका हुन् ।

Advertisement

देशमा काेराेनाकाे महामारी फैलिएकाे बेलामा पनि देउवाकाे सम्बाेधन आउन लागेकाले कतै लक डाउन घाेषणा हुने त हाेइन भन्ने आशंका पनि गरिएकाे छ ।

सरकार गठन भएको ६ महीना पुगेको सन्दर्भमा प्रधानमन्त्री देउवाले सम्बोधन ग, र्न लागेकाे सचिवालयले जनाएकाे छ । सम्बोधनको क्रममा सरकारका उपलब्धिबारे प्रधानमन्त्रीले जानकारी दिने बताइएकाे छ ।

तपाईको प्रतिक्रिया