स्थानीय

स्थानीय तहमा दरबन्दी छ , कर्मचारी छैनन्

सुन्दरकुमार थकाली २०७८ माघ १२ गते १५:१०
मुस्ताङको लोघेकर दामोदरकुण्ड गापा


जोमसोम—

संघीयता कार्यान्वयन सगै सरकारले ७५३ वटै स्थानीय तहका लागि कर्मचारी दरबन्दी तोक्यो ।स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिमाली जिल्ला मुस्ताङका लागि २५ हजार भन्दा कम जनसख्याको आधारमा २८ जना कर्मचारी दरबन्दी कायम ग¥यो । तर,मन्त्रालयले तोकेको दरबन्दी अहिलेसम्म स्थानीय तहमा पदपूर्ती हुन सकेन,बरु स्थानीय तहमा भएका सीमित कर्मचारी समेत धमाधम सरुवा हुदै गर्दा मुस्ताङका स्थानीय तहको नियमित प्रशासनिक कार्यसम्पादनमा असहज बन्न गयो।
स्थानीय तहको पहिलो कार्यकाल जेठ ५ गते सकिंदै छ ।तर,मुस्ताङका स्थानीय तहमा कार्यरत कर्मचारी सरुवा र काजमा जादैगर्दा कर्मचारीको चरम अभाव खट्किएको सम्वन्धित स्थानीय तहहरुले जनाएका छन् । जिल्लाको वारागुङ मूक्तिक्षेत्र गाउपालिकामा गापा गठन हुँदा ३८ जनाको दरबन्दी कायम गरियो ।जसमध्ये लेखा शाखा २,प्रशासन २,प्रििवधिक शाखा २ वडासचिव २ दुई र कार्यालय सहयोगी २ गरी १० जना मात्र कर्मचारी छन् ।गापाका प्रमुख प्रसाकीय अधिकृतको समेत मन्त्रालयमा सरुवा भईसकेको छ ।गापाले कुल दरबन्दीको १७ जना बढी कर्मचारी खाली रहेको जनाएको छ ।गापाले ५ वटा मध्ये २ वडामा मात्र वडा सचिवको व्यवस्थापन गरेको छ ।गापाका एक कर्मचारीले भने कमचारी अभाव हुदा एउटै ब्यक्तिले ३÷४ वटा शाखा हेर्नुपर्ने बाध्यता रहेको र वडाहरुमा पनि समस्या उस्तै रहेको जानकारी दिए ।गापाले नेपाल सरकारले तोकेको स्थायी दरबन्दी बाहेक शाखाहरुमा करारमा कर्मचारी भर्ना गरेको छ ।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार १८ जना स्थायी कर्मचारी राख्न पाउने व्यवस्था ग¥यो।तर कुल दरबन्दी मध्ये ५ जना कर्मचारी रिक्त रहेको गापाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत शोभा पुनले जानकारी दिईन् ।उनका अनुसार प्रशासनतर्फ ३ जना र नासु रिक्त रहेको छ ।लोघेकरमा अहिले १३ जना कर्मचारी मात्र कार्यरत रहेको उनले बताईन् ।लोघेकरमा कार्यरत कर्मचारी मध्ये केहीलाई वडा कार्यालयमा व्यवस्थापन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पुनको भनाई छ ।लोघेकर गापामा प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी रिक्त छ ।यस्तै, उपल्लो मुस्ताङको लोमान्थाङ गापामा पनि कर्मचारी कर्मचारीको समस्या देखिएको छ । गापाका प्रशासन प्रमुख विकास केशीका अनुसार लोमान्थाङ गापाको २१ दरबन्दीमा १३ जना र वडा कार्यालयतर्फ १५ दरबन्दीमा ६ जना मात्र रहेका छन् ।गापाको ५ वडा मध्ये २ वडामा मात्र वडा सचिव रहेका छन् ।
मुस्ताङको तल्लो स्थानीय तहमा थासाङमा पनि कर्मचारीको अभाव खट्किएको छ ।थासाङका प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र सुवेदीमा पनि हालै मात्र पालिकामा बहाली भएका हुन् । उनका अनुसार थासाङमा कुल दरबन्दी मध्ये ९ जना कर्मचारी दरबन्दी रिक्त रहेको जनाएका छन् ।थासाङमा शाखा अधिकृत छैटौ २ जना,लेखापाल १,ईन्जिनीयर छैटौ १ र प्रशासन सहायक ३ जनाको कोटा रिक्त छ ।यस्तै, घरपझोङ गापामा २१ जना कर्मचारी दरबन्दी छ । जसमध्ये पछिल्लो समय धमाधम कर्मचारीहरु सरुवा हुदै अन्य पालिकामा सरुवा भई गएको गापाका कर्मचारी केदारसिह थापाले बताए । उनले गापको २ वडा कार्यालयमा सचिव रिक्त रहेको जानकारी दिए ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया