काहुँखाेलाबाट लागूऔषध सहित १ जना पक्राउ

समाधान संवाददाता २०७८ फागुन २३ गते २०:२५

पोखरा ।

जिल्ला प्रशासन कार्यालय कास्कीले लागूऔषध कारोबारी १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर २६ बुढिबजार बस्ने २८ वर्षीय दिपक परियार हुन् । परियारको साथबाट प्रहरीले डाईजापाम–९४ एम्पुल, फेनेरागन–९४ एम्पुल र नुर्फिन–९४एम्पुल गरी जम्मा–२८२ एम्पुल लागू औषध फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्की डिएसपी सुन्दर तिवारीले जानकारी दिए । तिवारीका अनुसार परियारको साथबाट १ थान मोबाइल र चार हजार रुपैयाँ नगद समेत बरामद भएको छ ।

Advertisement


डिएसपी तिवारीका अनुसार परियारलाई पोखरा महानगरपालिका वडा नम्बर १३ काहुँखोलाबाट पक्राउ गरिएको हो । उनलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिएको तिवारीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया