एमालेको लालकिल्ला कसैले भत्काउन सक्दैनः ईन्चार्ज गिरी

समाधान संवाददाता २०७८ फागुन २४ गते १९:५०

पाेखरा । नेकपा एमालेका कास्की जिल्ला कमिटी सदस्य अर्जुन गिरीले कास्की क्षेत्र नम्बर २ मा एमालेलाई कसैले हराउन नसक्ने बताएका छन् । सोही निर्वाचन क्षेत्रअन्तर्गत पर्ने पोखरा, २१ मा आयोजित टोल कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको वडा ईन्चार्जसमेत रहेका गिरीले जनताले एमालेलाई विश्वास गरेकाले कसैेले हराउन नसक्ने दाबी गरे ।

‘यो ठाउँ एमालेको लालकिल्ला हो । कसैले भत्काउन सक्दैन । यस ठाउँमा उम्मेद्वार परिवर्तन होला, तर भोट परिवर्तन हुँदैन,’ उनले थपे, ‘नेकपा एमालेलाई सूर्य चिन्हमा भोट जान्छ । उम्मेद्वार को हुन्छ भन्नेले अर्थ राख्दैन । यसमा मतदाताको भूमिका ठूलो रहन्छ ।’

क्षेत्र नम्बर २ मा एमालेलाई लोकप्रिय बनाउन भूमिका खेल्ने अग्रज नेतालाई उनले सम्मान व्यक्त गरे । वडा नम्बर २१ का कुनाकुनासम्म एमालेले विकास निर्माणका काम गरेको उनको भनाइ थियो । ‘हाम्रो वडामा टोलटोलमा, चौरचौरमा, डाँडामा विकास गरेको छ भने नेकपा एमालेले गरेको छ । यस ठाउँमा बजेट पार्न, प्रत्येक ढुंगा, इँट्टा थप्न अग्रज कमरेडहरूको ठूलो भूमिका छ,’ ईन्चार्ज गिरीले भने । गाउँका उत्पादन पोखरा लैजान र विद्यार्थी सहज ढंगले पोखरा आउजाउ गर्न सक्ने वातावरण सडक निर्माणले गरेको भन्दै उनले खुसी व्यक्त गरे । अबको निर्वाचनमा पनि वडाका जनताको इच्छाअनुसार उम्मेद्वार उठाउने जिल्ला सदस्यसमेत रहेका ईन्चार्ज गिरीले बताए ।

Advertisement

पोखरा–२१ कृष्तीको ठूलाचौर र निर्मलपोखरीको पोख्रेलथोकमा मंगलबार टोल कमिटी गठन गरिएको हो छ । ठुलाचौर टोल कमिटी अध्यक्षमा हरिबहादुर खत्री, उपाध्यक्षमा अर्जुनबहादुर खत्री, सचिवमा सुमित्रा खत्री, उपसचिवमा रेशमलाल अधिकारी र अनिता खत्री चुनिएका छन् । पोख्रेलथोक टोल कमिटी अध्यक्षमा हरिप्रसाद पोख्रेल, उपाध्यक्षमा गौरी पोख्रेल, सचिवमा धनप्रसाद गौतम, उपसचिवमा भगवती पोख्रेल र राजु पोख्रेल चयन भएका छन् ।

नेकपा एमाले पोखरा–२१ अध्यक्ष राजेन्द्र थापाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी कास्कीका सदस्य झपट रानाभाट, नेकपा एमाले जिल्ला कमिटी कास्कीका सदस्य सीतादेवी विकलगायत बोलेका थिए । कार्यक्रमको सञ्चालन एमाले वडा सचिव रोशन भट्टराईले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया