स्याउ बोटमा फूल्न थाले फूल

समाधान संवाददाता २०७९ वैशाख २ गते १३:४४
हिमाली स्याउ बगानमा फूल्न थाले फूल । तस्विर ःसुन्दरकुमार थकाली ।

जोमसोम—२ बैशाख

मुस्ताङ स्याउ उत्पादनको राजधानी मानिन्छ ।यहाँ बर्सेनि ६ हजार देखि ७ हजार मेट्रिक टन स्याउ उत्पादन हुँने गरेको छ ।
बर्सेनि असोज÷कार्तिकमा स्याउ टिपेपछि मंसिर÷पुस महिनाम यहाँका स्याउ बगैचा उजाड हुन्छन् । हिउँदयाम सकिएर बशन्तऋतु सुरु भएपछि यहाँका स्याउ बगैचामा फूल फूल्न थाल्छ ।अहिले मुस्ताङका स्याउ बगैचामा ढकमक्क स्याउको फूल फूल्न थालेको छ ।स्याउ बगैचा भित्रको बोटमा फूल्न थाल्न फूल्न थालेपछि यहाँका पर्यटकीय आर्कषण समेत बढाई दिएको छ ।कोभिडपछि मुस्ताङ आएका पर्यटकहरुले स्याउ बगैचामा पुगेर फोटो सेसन गर्ने र टिकटक बनाएर सामाजिक संञ्जालमा अपलोड गरेको पाईन्छ ।

यतिबेला बेनी—जोमसोम राजमार्गमा पर्ने मार्फा,स्याङ र जोमसोम लगायतका स्याउ बगैचामा पुगेर फोटो खिच्ने गरेको पर्यटन व्यवसायीहरु बताउँछन् ।मुस्ताङका स्याउ बगैचाबाट स्याउ टिपेपछि हिउँदयाममा यहाँका किसानले स्याउ बगैचा ब्यवस्थापन लाग्छन् । स्याउ बोटमा फैलिएका अनाधिकृत हाँगाबिगा काँटछाट गर्ने,रोग नियन्त्रण गर्न औषधिको प्रयोग गर्ने आदी गर्छन् । मुस्ताङमा भदौदेखि स्याउ फल्न थाल्छ ।

Advertisement

यहाँ उत्पादित स्याउ खरिद गर्न जिल्ला बाहिरका र स्थानीय ब्यापारि किसानको बगैचामै पुग्ने गर्छन् ।ब्यापारीले खरिदको स्याउ बिक्रीका लागि बजार पू¥याईन्छ भने केही प्रतिशत स्याउ मुस्ताङमै खपत हुन्छ । यहाँका स्याउ किसानले स्याउ प्रशोधन गरी विभिन्न परिकार बनाएर बिक्री गर्छन् । यहाँको स्याउ मुस्ताङ भित्रिएका पर्यटकले कोशेलीको रुपमा खरिद गरी घर लैजान्छ । स्याउ बिक्री गरेर करोडौ रुपिया मुस्ताङ भित्रिने गर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया