महानगरका ४ वडामा एमालेको सर्वसम्मत

समाधान संवाददाता २०७९ वैशाख ४ गते १०:०८

पोखरा l
स्थानीय तहको निर्वाचनको लागि नेकपा (एमाले) पोखरा महानगरका ३ वडा कमिटीहरुले सर्वसम्मत रुपमा उम्मेद्वार छनौट गरेका छन् । महानगरको वडा नम्बर २० भलाम मौजाको अध्यक्षमा गंगाबहादुर केसी, खुल्ला सदस्यमा उत्तम गुरुङ, र गञ्जमान गुरुङ, खुल्ला महिला सदस्यमा मिना पौडेल र दलित महिला सदस्यमा रुपा नेपाली सर्व सम्मत रुपमा सिफारिस भएको वडा कमिटी पोखरा २०का अध्यक्ष त्रिलोचन गौतमले जानकारी दिए । यसअघि २०७४ को निर्वाचनमा पोखरा १३ मा वडाध्यक्षसहित सबै सदस्यमा एमालेले जितेको थियो ।


वडा कमिटी पोखरा १२ले स्थानीय तहको निर्वाचनका लागि वडा अध्यक्ष तथा सदस्यहरु सर्वसम्मत रुपमा छनोट गरी सिफारिस गरेको छ । अध्यक्षमा देशभक्त केसी, महिला सदस्यमा लक्ष्मी कुँवर (रिमाल), खुल्ला सदस्यमा निर्मलबहादुर थापा र शान्ति गुरुङ, दलित महिला सदस्यमा विष्णु विश्वकर्माको नाम सिफारिस गरेको वडा कमिटी पोखरा १२का अध्यक्ष बलराम ढुंगानाले बताए । पार्टीका वडा कमिटी पोखरा २ले अध्यक्षमा दिपक शाह, खुल्ला सदस्यमा जनार्दन सुवेदी र मंगल शाही, महिला सदस्यमा उर्मिला पराजुली र दलित महिला सदस्यमा हरिमाया परियारको नाम सिफारिस गरेको छ ।


वडा कमिटी पोखरा २५ हेमजाले आसन्न स्थानीय तहको निर्वाचनको लागि वडा अध्यक्ष तथा सदस्यको नाम सर्वसम्मत रुपमा छनोट गरी सिफारिस गरेको छ । अध्यक्षमा तीर्थबहादुर थापा, खुल्ला सदस्यमा कृष्णबहादुर कुँवर र सुवास भण्डारी, महिला सदस्यमा धना तिमिल्सिना, दलित महिला सदस्यमा तारा विकको नाम सिफारिस गरेको वडा सदस्यका उम्मेद्वार कृष्णबहादुर कुँवरले जानकारी दिए ।

Advertisement


पार्टीको वडा कमिटी पोखरा १०ले वडा सदस्यमा सर्वसम्मत रुपमा नाम सिफारिस गरेको छ । वडा कमिटीका सचिव राजु श्रेष्ठले खुल्ला सदस्यमा पूर्णप्रसाद तिमिल्सिना र कुमार थिङ, महिला सदस्यमा खिमा गुरुङ र दलित महिला सदस्यमा शान्ति परियारलाई सिफारिस गरेको बताए । उनले अध्यक्षमा सर्वसम्मत हुन नसेकपछि युवा व्यवसायी कमल बस्नेत, पवित्रादेवी गुरुङ, बालकृष्ण शर्माको नाम सिफारिस गरेको जानकारी दिए ।


एमालेले पोखरा २ अध्यक्षमा दीपक शाहको नाम सिफारिस गरेको छ । यस्तै खुला सदस्यमा जनार्दन सुवेदी र मंगल शाही, महिला सदस्यमा उर्मिला पराजुली र दलित महिला सदस्यमा हरिमाया परियार सर्वसम्मत सिफारिस भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी कास्कीले कास्कीका सबै ७२ वडामा एकै दिन उम्मेद्वार छान्न निर्देशन दिएको थियो । सर्वसम्मत गर्न नसकेको खण्डमा प्रत्येक पदमा १ महिला सहित ३ जना सिफारिस गर्न आग्रह गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया