पोखराकाे मेयर उम्मेदवार बन्न कांग्रेसमा १८ आकांक्षीले टिपाए नाम

समाधान संवाददाता २०७९ वैशाख ४ गते १८:४६

पोखरा ।

नेपाली कांग्रेसबाट पोखराको मेयर उम्मेदवार बन्न १८ जनाले नाम लेखाएका छन् । इच्छुकलाई पार्टीभित्र नाम लेखाउन नेपाली कांग्रेस पोखरा महानगरपालिका समितिले आइतबार ४ बजेसम्मको समय दिएको थियो ।


सुदिपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मल प्रसाद कर्माचायर्, कृष्ण बहादुर केसी, बाबुराम आचार्य, सरास्वती गुरुङ, नन्द प्रसाद तिवारी, गंगाधर पराजुली, विरेन्द्र नारायण विजुक्छे, विश्वशंकर पालिख,े किशोरदत्त बराल, विन्दुकुमार थापा, बाबुराम गिरी, गणेश बहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटाले तोकिएको ढाँचामा पार्टीभित्र उम्मेदवारी दर्ता गराएको जानकारी कांग्रेस पोखरा महानगर समितिका सचिव गणेशबहादुर थापाले जानकारी दिए ।

Advertisement

माया बराल कार्की क्षेत्री, लक्ष्मी पाण्डे क्षेत्री, रंगिला आचार्य, आनन्दी राणा कार्की, टिका कुमारी गुरुङ, दिपक मल्ल, मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपाली आकांक्षा देखाएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया