एकीकृत समाजवादीबाट पोखरा मेयरका लागि १३ जना सिफारिस

समाधान संवाददाता २०७९ वैशाख ४ गते २०:३३

पोखरा ।
नेकपा एकीकृत समाजवादीले पोखरा महानगर प्रमुखका लागि १३ जनाको नाम सिफारिस गरेको छ । आइतबार बसेको जिल्ला कमिटीको बैठकले मेयरका लागि १३ र उपप्रमुखका लागि ४ जना नाम सिफारिस गरेको हाे ।


महानगर प्रमुखका लागि श्रीनाथ बराल, कास्की अध्यक्ष धनराज आचार्य, देवेन्द्र बास्तोला, दाताराम आचार्य, मदनकाजी श्रेष्ठ, विजय बाबु वनबासी, भीमा पौडेल लगायतका नाम सिफारिस गरिएको एकीकृत समाजवादीका एकनेताले बताए । ति नेताका अनुसार समाजवादीले महानगर प्रमुखमा टिकट पाए प्रभव सम्भावना धनराज आचार्य र श्रीनाथ बरालको सम्भावना भएको बताए ।

महानगर उपप्रमुखमा भने ४ जनाको नाम सिफारिस भएको छ । सचिव होम नेपाली, पूर्ण लामा, संगीता शर्मा र महेन्द्र गुरुङ रहेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया