अन्नपूर्ण गापामा कांग्रेसबाट अध्यक्षमा ७ आकांक्षी

समाधान संवाददाता २०७९ वैशाख ४ गते २०:१६

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसबाट ७ जनाले आकांक्षा देखाएका छन् । अहिलेकै अध्यक्ष युवराज कुँवरसहित ७ जना इच्छुक देखिएका हुन् ।


कुँवरसहित पोषनाथ शर्मा, मनपति भण्डारी, मुक्तिराम अधिकारी, राजबहादुर गुरुङ, गोपाल गुरुङले आकांक्षा राखेका हुन् । उपाध्यक्षमा खेमकुमारी गुरुङ र गौमया नेपालीले आकांक्षा राखेका हुन् ।


गएको स्थानीय निर्वाचनमा अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका युवराज कुँवरले एमालेका विष्णु केसीलाई पराजित गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया