कास्कीमा एमालेसँग तालमेल गरेर चुनावमा जाने गठबन्धनलाई जसपाको चेतावनी

समाधान संवाददाता २०७९ वैशाख ५ गते ९:३१

पोखरा ।
जनता समाजवादी (जसपा)ले आसन्न स्थानीय तहको चुनावमा सत्ता गठबन्धन तोड्ने चेतावानी दिएको छ ।

बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा जसपालाई १ वटा पालिका प्रमुख– उपप्रमुुखको नेतृत्व नदिएपछि गठबन्धनबाट बाहिरीने चतावानी दिएको हो । गठबन्धनबाट बाहिरीएर एमालेसँग तालमेल गरेर चुनावमा जाने ती नेताले बताए । ‘गठबन्धनले स्थानीय चुनावमा जसपालाई सम्मान जनक व्यवहार गरेन । स्थानीय पालिकाहरुमा हामीलाई शुन्य बनाउने प्रयास गरियो,’ उनले भने, ‘अब सम्मान जनक व्यवहार नभएर एमालेसँग तालमेल हुन्छ ।’


आइतबार कास्कीका ४ वटा पालिकाहरु अन्नपूर्ण, माछापुच्छ्रे, मादी र रूपा गरेर चार गाउँपालिका छन् । पालिका नेतृत्व टुंगो लगाउन आइतबार गठबन्धनको बैठक बसेको थियो ।

Advertisement

बैठकमा जसपालाई एउटा पनि पालिका प्रमुख–उपप्रमुख नदिने भएपछि गठबन्धन तोड्न निर्णय गरेको जसपाका ती नेताले बताए । उनका अनुसार जसपालाई स्थानीय तहको चुनावमा पदाधिकारी, वडाध्यक्ष र समितिको पदाधिकारी मात्र दिनेभएपछि बैठकबाट बिचमै बाहिरीएको बताए । सम्मान जनक व्यवहार नगरे एक्दै जसपा चुनावमा होमिने ति नेताको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया