कास्की कांग्रेसको विज्ञप्ति : एकीकृत समाजवादीसँग चुनावी गठबन्धन नगर्ने

समाधान संवाददाता २०७९ वैशाख ५ गते १५:५४
sdr

समाधान संवाददता

पोखरा ।
कास्की कांग्रेसले नेकपा एकीकृत समाजवादीसँग अलग भएर स्थानीय निर्वाचनमा जाने बताएको छ ।
नेपाली कांग्रेसका सचिव भानुभक्त ढकाल र देवेन्द्र रानाभाटले सोमबार स्वस्थ प्रतिस्पर्धा मार्फत चुनावमा जाने बताएको हो ।

विज्ञप्तिमा लेखेका छन्, ‘एकीकृत समाजवादीको अस्वभाविक दावीका कारणले निष्कर्ष निस्कन नसकेको र पार्टीका मातहातका निकायहरुको राय सुझावलाई समेत मध्यनजर गरी अन्य गठवन्धनका दलहरुसँग तालमेलका लागि वार्ता र सम्वाद अगाडी वढाउने र नेकपा एकीकृत समाजवादीसँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धा सहित जाने निर्णय गरियो ।’
कास्की कांग्रेसका सचिव द्धोयले समाजवादीसँग स्वस्थ प्रतिस्पर्धा गरेर जाने बताएपनि केन्द्रमा सत्तारुढ गठबन्धनको बैठक चलिरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया