चुनाव सारे प्रतिवादः एमाले

समाधान संवाददाता २०७९ वैशाख ६ गते ११:२८

काठमाडौं l
नेकपा एमालेले यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन सार्ने प्रयासमा सरकार लागेको भन्दै त्यो प्रयास असफल पार्न कडा प्रतिवाद गर्ने भएको छ । सोमबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले उक्त निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

त्यसका लागि सम्पूर्ण पार्टी कमिटी परिचालन गर्ने बैठकले निर्णय गरेको बैठकपछि गुरुङले जानकारी दिए । बैठकले एमालेको चुनावी घोषणापत्र मस्यौदा समितिले तयार पारेको मस्यौदा पारित गरेको छ । प्रदेश र प्रतिनिधि सभामा बन्द सूचीमा रहेका नामहरू हटाउने र निर्वाचन आयोगलाई जानकारी दिने, थप १२ वटा विभाग गठन गर्ने, १ सय ५ जना थपेर २ सय ७८ सदस्यीय सल्लाहकार परिषद बनाउने, ५१ जनाको सम्पर्क समन्वय कमिटी बनाउने सिफारिस अनुमोदन, बैशाख ९ गते पार्टीको घोषणापत्र सार्वजनिक गर्दै पालिकामा पठाउने निर्णय पनि एमालेले गरेको छ ।
वैशाख ९ गते नै ज्येष्ठ कम्युनिस्ट सदस्यलाई सम्मान गर्ने तय भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया