लोघेकरको अध्यक्ष पदमा एकिकृत समाजवादीबाट गुरुङले उम्मेदवारी दिने

समाधान संवाददाता २०७९ वैशाख ११ गते १५:५३
फोटो ःदेव गुरुङ ,

Advertisement

Advertisement

जोमसोम—

स्थानीय तह निर्वाचन २०७९ का लागि नेपाली कांग्रेस,माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीको तीन दलीय गठबन्धन दलले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष पदमा देवबहादुर गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाली कांगे्रस र नेकपा एमालेको वर्चश्व रहेको मुस्ताङमा कांगे्रसले लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष पदमा एकिकृत समाजवादीका उम्मेदवार देव गुरुङलाई उम्मेदवार बनाउन सहमत भएको हो ।
एकिकृत समाजवादीबाट लोघेकर दामोदरकुण्ड गापाको अध्यक्ष पदमा आफुले उम्मेदवारी दिने तयारी गरेको एकिकृत समाजवादीका जिल्ला नेता गुरुङले जानकारी दिए । नेकपा एमाले मुस्ताङको एक कार्यकाल उपाध्यक्ष र एक कार्यकाल सचिव समेत भईसकेका गुरुङ पछिल्लो समय नेकपा एकिकृत समाजवादी पार्टीमा प्रबेश गरेका थिए । उनी उपल्लो मुस्ताङ यातायात ब्यवसायी प्रालिको अध्यक्ष र पूर्व शिक्षक हुन् ।
स्नाकोत्तर सम्म अध्ययन गरेका गुरुङ शिक्षण पेशामा २४ वर्षसम्म सेवा गरी अवकाश प्राप्त गरी यातयात व्यवसायमा संग्लन हुँदै आईरहेका थिए । उनले उपल्लो मुस्ताङको चराङमा १३ वर्ष र लोमान्थाङको राष्ट्रिय निमावि ११ वर्ष अध्यापन गराएका थिए ।
मुस्ताङमा कांग्रेस ,माओवादी केन्द्र र एकिकृत समाजवादीको चुनावी गठबन्धन गरिएपनि जिल्लाको ५ स्थानीय तहको अधिकाँश स्थानमा नेपाली कांग्रेसले आफ्नो उम्मेदवार उठाउने भएको छ । एमालेले ५ वटै स्थानीय तहमा उम्मेदवारी दिने जनाईएको छ ।

तपाईको प्रतिक्रिया