बिनासकाले विपरीत बुद्धि !

समाधान संवाददाता २०७९ वैशाख १५ गते १८:१७

आर के पोखरेल ।

अहंकारले पतन निम्त्याउँछ । नास हुने बेलामा, सकिने बेलामा बुद्धि उल्टो हुन्छ । यही भन्छ हाम्रो संस्कृति पूर्वीय दर्शन अनि समाज ! विद्वान भनिने त्रेतायुगका रावण अहंकारको बाटो लिँदा समाप्त बने । सत्ताको उन्मात र अहंकारकै कारण सत्तासीन कौरवहरु १०० भाइ हुँदा पनि समाप्त बन्न पुगे ।

उग्र क्रान्तिकारीको पतन दक्षिणीपन्थी भासमा पुगेर हुन्छ र नराम्रोसंँग पछारिन्छ यो तितो तर सत्य हो । आज देश यस्तै यस्तै पतन हुनेहरुको हैकममा चलिरहेको छ। नेपालको शासकिय इतिहास हेर्ने हो भने पनि राणा शासनको उदय अनि पतन,पञ्चायतको उदय र पतन, सामन्तबादी राजसंस्थाको पतनले हामिलाई केही न केही ज्ञान सिकाएकै छ । इतिहासक साक्षी छ कुन समूह कति कस्का पक्षमा छन् भन्ने हुँदैन सत्य र न्यायको लडाइँको बिजेता त्यही हुने गर्छ जो फगत काल्पनिक सत्ताको उन्मातको पछाडि अहंकारी बनेर दौडिने छैन ।

Advertisement

हिजो जीवन हत्केलामा राखेर खुर्सानीका भरमा युद्ध लडेका हौं भन्नेहरु सिहदरबार छिरेपछी अहंकारकै कारण सकिने मेसोमा छन् । जुनसुकै होस् सत्तामा तर सत्तामा पुग्नेहरुले सत्तामा पुर्‍याउनेहरुलाई बिर्सेर मैमत्त बनेपछि ढिलोचाँडो पतन निश्चित छ नै । नेपाली जनता सहनशील नै छन् तर पटकपटक धोका पाउन थालेपछि अब भने सचेत बनेका छन् । निरन्तरको हेपाई र चेपाई पछी नेपाली जनताले अहंकारको अन्त्य गरेका छन् हिजो देखि आजसम्म हाम्रो इतिहास सांक्षी नै छ ।

वैशाखीको साहारा कसलाई चाहिन्छ जो आफ्नो खुट्टामा उभिन सक्ने तागत राख्दैन जो उभिन खोज्दा लड्छ उसैलाई वैशाखीको जरुरत हुन्छ। वैशाखी बिना हिन्न, उभिन नसक्नेलाई वैशाखी दिनु राम्रो नै होला तर वैशाखीमा उभिनेले अर्कालाई लुलो र कमजोर देख्नु राम्रो पटक्कै होइन । नेपालको राजनीतिलाई हेर्ने हो भने दलहरु आफ्नो अस्तित्व जोगाउन उभिनुपर्नेमा न झण्डा मिल्छ, न बिचार मिल्छ न सिद्धांत मिल्छ न कार्यशैली र व्यवहार मिल्छ तर पनि दाम्लो कसेकै छन् ।

Advertisement

बन्धनको नारा रटेकै छन् परिणाम जे होला प्रत्येक बिहान गठबन्धन भयो भएन, भत्कियो जीवित रह्यो भन्ने समाचारहरुले नै प्राथमिकता पाउने गर्छ जे होस यसबाट के पुस्टि हुन्छ भने यहाँ दलहरु छैनन् दलहरुका ऐजेण्डा छैनन् जनताप्रति बिश्वास नै छैन ऐजेण्डाविहीन दलहरुको स्वार्थ केवल कुर्चीमा छ मिल्छ त केवल कुर्ची स्वार्थ मात्रै । कुर्ची, कुर्ची, कुर्ची सरकारबाहेक यिनका मथिंगलले केही सोच्न सकेकै छैन सोच्न सक्ने खालको मथिंगल नै छैन । अनि त आउँछ यस्तै दिन नेपाल सरकारको जागिर खान्छ कर्मचारी अर्थमन्त्री त्यही कर्मचारीको तस्वीर बेचेर चुनाव जित्ने छिर्के दाउ हेर्छ ।

आफ्नो सरकार चलाउने ढंग छैन, अर्थनीति प्रष्ट छैन । मुद्रास्फितिको ज्ञान छैन । अनि हनुमान बनेन भनेर गभर्नरमाथि रिस पोख्छ । यिन्ले समृद्धि ल्याउँछ्न् अनि सुशासन ल्याउँछ्न भनेर अनि हामीले पत्याइदिनुपर्ने ? यिनीहरु खान बाहेक केही जानेका छैनन् सरकार संचालनमा पाँचौ अवतार प्राप्त देउवाको चमत्कार के हो ? प्रजातन्त्र लगेर दरबारमा बुझाउने, चुच्चे नक्शा बेच्ने देशको प्रधानमन्त्री राजदुतको भोजमा बुर्कुसी मारेर दगुर्ने, देशको प्रधानमन्त्रीको भ्रमण हुन्छ हुलाकीपारामा स्वागत गरिन्छ ।

यही होइन क्षमता ? यही होइन कार्यशैली यही हैन विज्ञता ? यतिबेला स्थानीय तहको चुनावको रौनक छ सरकार सिहंदरबार भन्दा अन्य देश छ भनेर बुझ्दैन, चिन्दैन नाथे भोट बटुल्ने आशमा हाम्रो जस्तो मुलुकमा जो सिटामोल खान नपाएर मृत्युवरण गर्न बाध्य छन् । जीवनजलको अभावमा बैकुण्ठबास बनिसके, स्वास्थ केन्द्र नहुँदा प्रसवपीडाकै कारण आमाहरुलाई दागबत्ती दिन बाध्य बनेका छौं । यातायातको अभावमा अझैसम्म डोकोमा बोकेर बिरामी सदरमुकाम ल्याउदैगर्दा बिच बाटोमा कपाल खौरनुपर्ने पीडा छ,नागरिकता बनाउनको लागि कर्मचारीलाई नमस्कार मात्रैले नपुगेर पाठो बेच्नुपर्छ ? दुईछाक टार्नकै लागि जन्माउने बाउआमा बाट छोरिहरु बेचिनुपर्छ ? सरकार यस्ता कुरा सुन्दैन आफ्नै देशमा जान बिदेशीको पाउ मोल्नुपर्छ यो बुज्दैन सरकार ? शैक्षिकसत्र अन्त्य हुने बेला सम्म पाठ्यपुस्तकहरु विद्यार्थीको हातमा पुग्दैन ?

परीक्षाहल प्रवेश गरिसक्दासम्म प्रश्न पत्र आउदैन ? समयमा परिक्षा हुदैन आफ्ना पास गराउने नाममा कर्मचारीहरुबाटै आयोगका प्रश्न पत्र बाहिरिन्छ यो देख्दैन सरकार ? कालोकोटहरु भित्र बलात्कारको चित्कारलाई नसुनिने गरि माडेहरु संग बार्ता र छलफल हुन्छ यो देख्दैन सरकार ! प्रणाली सुधार गर्ने तर्फ ध्यान छैन छ त केवल स्वार्थको घैला नै फर्मान जारी गर्छ ? कथित भोट बटुल्ने नाममा सरकारले आइतबारपनि सार्वजनिक बिदा दिने हुकुम बकस गर्छ ? हाम्रो जस्तो मुलुकमा अन्य बिदेशीको ट्रेन हो भन्दै बिदा दिइनु गलत हो ।

बिदेशीका सुशासन सिक्नुपर्दैन ? जनताप्रतिको उत्तरदायी सिक्नुपर्दैन ? आफ्नो भूगोलको रक्षा कसरी गर्ने सिक्नुपर्दैन ? चुच्चे नक्शाको ज्ञान सिक्नुपर्दैन ? सार्बजनिक बिदा सिक्ने सुशासन नसिक्ने ? लाज पचेकाहरु स्वार्थमा रमेका हरु भारतीय राजदुतावासको भोज देख्ने तर जयसिह धामिको हत्या नदेख्ने ? देश के हो बुझ्नु पर्दैन ? कुर्ची देख्ने? विदेशी रेमिटेन्स देख्ने खाडिमा आफ्ना नागरिकहरुको रगत र मसिना नदेख्ने ? लेवरमाथी गरिएका अन्याय नदेख्ने ? मोदी देख्ने तर सुस्तामा जंगेपिलर सारेको नदेख्ने ? भारतीयद्वारा नेपाली चेलिको बलात्कार नदेख्ने ? त्यसैले अहंकारको पतन निश्चित छ हुनुपर्छ ! सबैले प्रण गरौं ! यस्तालाई खराब मानसिकता बोक्ने,यस्तै खराब प्रवृत्तिकालाई सरकारको सांचो सुम्पीएर दास नबनौं । आउनोस् हातेमालो गरौ । सुखी नेपाली समृद्ध नेपालको रास्ट्रिय आंकाक्षा पूरा गर्न लागौं । देशको भविस्य हाम्रै हातमा छ ।

पोखरेल अनेरास्ववियु गण्डकीका सचिव हुन् ।

तपाईको प्रतिक्रिया