मादीका अटेरी उम्मेदवारसहित एक दर्जन स्थानीय एमाले प्रवेश

समाधान संवाददाता २०७९ वैशाख १६ गते १९:३१

पोखरा ।
कास्कीको मादी गाउँपालिकामा एक दर्जन स्थानीय नेकपा एमाले प्रवेश गरेका छन् । अटेरी अभियानबाट मादी ३ को वडाध्यक्षमा उम्मेद्वारी दिएका बुद्धिप्रसाद लामिछानेलगायत स्थानीय शुक्रबार एमाले प्रवेश गरेका हुन् ।


लामिछानेले स्वतन्त्र उम्मेद्वारी फिर्ता लिएर मादी ३ याङ्जाकोटमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् । उम्मेद्वार लामिछाने, विभिन्न पार्टीमा आबद्ध स्थानीय विजय गुरुङ, चन्द्रसिंह गुरुङ, विक्रम परियार, पूर्णसुब्बा गुरुङ, मकरे विक, जगत गुरुङ, तारामान अधिकारी, ऋषि पन्त, सुजन लामिछाने, धम्मे विक र गोविन्द लामिछाने एमाले प्रवेश गरेका हुन् ।


उनीहरुलाई नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष उम्मेद्वार रहेका शिवबहादुर गुरुङ (महेन्द्र), उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङ, पार्टी प्रदेश कमिटी सचिवालय सदस्य एवं गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)लगायतले पार्टीमा स्वागत गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया