थासाङमा एमाले –कांग्रेसको रोमाञ्चक प्रतिस्पर्धा

समाधान संवाददाता २०७९ जेठ १ गते १०:०८

जोमसोम–
मुस्ताङको थासाङ गाउँपालिकाको पछिल्लो मतगणना परिणाम अनुसार नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच टक्कर परेको छ ।थासाङको वडा १,२ र ३ नम्बर वडाको मतगणना हुँदा नेकपा एमालेका उम्मेदवारले अंग्रता लिएकोमा थासाङ गाउँपालिकाको वडा ४ को गणना हुँदा भने नेपाली कांग्रेस उम्मेदवारले अध्यक्ष पदमा अंग्रता लिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार थासाङ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसकी उम्मेदवार बालकुमारी शेरचनले ८४१ मत पाएर अग्रता कायम गरेकी छिन् ।उनका निकटम् प्रतिद्धन्दी नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार प्रदिप गौचनले ८११ मत प्राप्त गर्दै कांग्रेस उम्मेदरलाई पछ्याउँदै छन् ।थासाङको अध्यक्ष पदमा ३० मतको अन्तर छ ।
यस्तै,थासाङ गाउँपालिकाको उपाध्यक्ष पदका लागि नेकपा एमालेकी उम्मेदवार सुमिता शेर्पाले ८५२ मत पाएकी छिन् ।उनका निकटम् प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार सोमल हिराचनले ८१२ मत पाउँदै एमाले उम्मेदवारलाई पछ्याउँदै छन् । यहाँको उपाध्यक्ष पदमा ४० मतको अन्तर छ ।
थासाङ गाउँपालिकाको ४ वडाको मतगणना सकिंदा अब ५ नम्बर वडाको मतगणना भईरहेको छ ।
थासाङको वडा १ मा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ भने बाँकी ४ सदस्य एमालेले जितेको छ ।वडा २ मा नेकपा एमालेको पुरै प्यानल बिजय भएको छ । यस्तै,थासाङको वडा ३ र ४ मा नेपाली कांग्रेसको पुरै प्यानलले जीतह हासिल गरेको छ ।

तपाईको प्रतिक्रिया