हिन्दुधर्म आफैमा धर्म निरपेक्ष : कमल थापा

अभिषेक अधिकारी २०७९ जेठ २९ गते २१:११

पोखरा ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुधर्म आफैमा धर्म निरपेक्ष भएको बताएका छन् । पोखरामा आइतबार आयोजित अन्तत्र्रिmयात्मक कार्यक्रममा अध्यक्ष थापाले सबै धर्मको समान र स्वीकार गर्ने हिन्दु धर्म निकै गैरवशाली रहेको विचार प्रकट गरे ।


‘धर्म परिवर्तनको डढेलोले नेपालमा हिन्दु, बौद्ध र अन्य जनजाति नै अल्पसंख्यकमा पर्ने खतराछ,’ उनले भने,‘त्यसैले संविधानको दुई अक्षरमा नेपललाई हिन्दु राष्ट्र घोषणा गर्नुका साथै यसलाई अवलम्बन गर्न जरुरी छ ।’ पूजाआजा र कर्मकाण्ड गरेरमात्रै धर्म नहुने थापाले बताए ।


अध्यक्ष कमल थापाले केही जनप्रतिनिधिहरु नै हिन्दुधर्म र बौद्ध धर्म बिच खाडल बनाउन लागि परेकोबताए । थापाले भने, ‘जनप्रतिनिधिको गलत प्रचारले हिन्दुधर्म र बौद्ध धर्मको बिच खाडल उत्पन्न भएको छ । जनगणनाका अनुसार बौद्ध धर्म देशभर केवल ९ प्रतिशतमात्रै रहनाले झन् चिन्ताको विषय थपेको छ ।’

Advertisement


सरकारी कर्मचारीहरु समेत गलत तथ्यांक देखाउन तल्लीनमा रहेको अध्यक्ष थापाको आरोप छ । नेपालमा २००७, ४६, र ६२–६३को आन्दोलन र व्रmान्तिले राज्य व्यवस्था परिवर्तन गरेपनि नेपालको आर्थिक परिवर्तन नभएको बताए । थापाले ०१५सालमा कांग्रेसले र ०७४ सालमा नेकपाको बहुमतको सरकार भएता पनि ५ वर्ष पूर्ण कार्यकाल सञ्चालन हुन नसकेकाले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र समानुपातिक प्रणालीमा संसद चयन गरिनुपर्ने उल्लेख गरे । थापाले अस्थिर सरकारका कारण देशमा अनियमितता बढ्दै गएकाले उक्त शासन प्रणली अपरिहार्य रहेको औंल्याए ।


थापाले नेपालमा पञ्चायती व्यवस्था र प्रजातान्त्रिक व्यवस्थामा सधै भरी वामपन्थी शासन पद्धतिबाट नै शासन चलेको बताए । भारतीय नेताहरु युरोपबाटनै शिक्षित भएको उनको दाबी थियो । नेपालका वामपन्थी नेताहरुले भारतमा नै रहेर नेपालमा क्रान्तिको गतिविधि गरेकाले वामपन्थी राजनीतिक शैली नेपालमा ०७ सालदेखि नै चल्दै आएको उनले बताए ।

Advertisement


नेपालमा प्रतिव्यक्ति आयवृद्धि भए पनि धनी र गरिब बिचको अन्तर बढ्दै गएको अध्यक्ष थापाले उल्लेख गरे । ‘नेपालमा मात्र ३ प्रतिशत व्यक्तिको हातमा देशको ९० प्रतिशत आम्दानी छ र बाँकी रहेको १० प्रतिशतमा हामी ९७ प्रतिशतले भागबन्डा गरेर बाँचिराख्याछौँ ।’ माओवादी जनयुद्ध सुरु भएको वर्ष नेपालमा मात्र १२ हजार नेपाली वैदेशिक रोजगारमा गएको र हालको आँकडा वर्षे नि साढे ४ लाख पुगेकोमा थापाले कटाक्ष गरे। ‘हाल देशको रोजगारी माग वर्षे नि ५ लाख छ तर सरकारले ५० हजार रोजगारी नि सिर्जना गर्न सकेको छैन,’ थापाले भने ।


अन्तत्र्रिmयामा प्राध्यापक डा कल्याण पन्त, डा बुद्धिबहादुर थापा, सञ्चारकर्मीनारायण कार्की र गैरसरकारी संस्था महासंघका पदम पहारीले राप्रपा नेपालको जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र समानुपातिक प्रणालीबाट संसद् चयन गरिनुपर्ने एजेन्डा निकै समय सान्र्दभिक रहेको बताए । सञ्चारकर्मी नारायण कार्कीले वडाध्यक्षको चुनाव लड्न पनि १ करोडभन्दा बढी रकम खर्चनुपर्ने हाल देशको स्थिति रहेकोमा चिन्ता व्यक्त गरे ।


कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष नवीन चालिसेले जनताहरुको इच्छा नै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र हिन्दु राष्ट्र नेपाल रहेकाले यसलाई कार्यान्वयन गर्नजनमत संग्रह अत्यावश्यक रहेको औंल्याए । व्यवसायी अमित थापाले अध्यक्ष कमल थापाले उठान गरेको रोजगारीको समस्यालाई निकै गम्भीरतापूर्वक राज्यले समाधान गर्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया