टिभिएसको नयाँ अफर
समाधान संवाददाता
२०७९ साउन १६ गते १२:१९

पोखरा ।
जगदम्बा मोटर्सले बब्बाल फाइनान्स अफर लयाएको छ । नेपालका लागि टिभिएस मोटर्सको आधिकारिक बिक्रेता जगदम्बाको यो योजनामा कम्पनीले आकर्षक सुविधा प्रदान गर्दै आएको छ ।
यो योजनामा ग्राहकले टिभिएसका मोटरसाइकल र स्कुटर २० प्रतिशत डाउनपेमेन्टमा लिन सक्ने छन् । कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरी टिभिएसका नयाँ साधन किन्दा उत्कृष्ट मूल्यांकन गर्ने कम्पनीको दाबी छ ।
टिभिएसका प्रबन्ध निर्देशक दीपक रौनियारले कम आर्थिक भारमा ग्राहकले बढी फाइदा पाउने बताए । नोपलमा १ सय ३७ भन्दा बढी डिलर र २ सयभन्दा बढी सेवा तथा स्पेयर्स पार्टस्सहित टिभिएसले सेवा दिइरहेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया