ज्ञानुबाबामा बधाई एवं सम्मान
समाधान संवाददाता
२०७९ साउन १६ गते १२:३०

पोखरा ।
ज्ञानुबाबा आवासीय माध्यमिक विद्यालय पोखरा २ मिरुवाले एसइइ परीक्षा उत्तीर्ण विद्यार्थीलाई विद्यालयमा एक कार्यक्रम आयोजना गरी आइतबार बधाई ज्ञापन एवं सम्मान गरेको छ ।
कार्यक्रममा विन्ध्यवासिनी क्याम्पसका प्राध्यापक शालिग्राम सुवेदीले विद्यार्थीलाई बाँकी जीवन अर्झै उल्लासमय बनाउन अनुशासित, लगनशील र अध्ययनशील हुन आग्रह गरे । विद्यालयका संस्थापक कृष्णबहादुर गुरुङले सम्पूर्ण विद्यार्थी, अभिभावक र शिक्षकको मेहनतले नै वर्षैपिच्छे उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए ।
विद्यालयकी प्राचार्य शुभकन्या गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एसइईमा उत्कृष्ट जिपिए ३.८५ ल्याउने विद्यार्थी प्रशान्त घले, ३.८ ल्याउने विद्यार्थी दीपक जैसवाल, शिक्षक टुकनाथ सापकोटा र विद्यालय संयोजक बाबुराम सुवेदीले बोलेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया