सहारा एकेडेमीमा जन्मदिन

समाधान संवाददाता २०७९ साउन १६ गते १२:४२

पोखरा ।
पोखराकी सइसा गुरुङले सहारा एकेडेमीका बालकहरुसँग जन्मदिन मनाएकी छन् । जन्मदिनमा फजुल खर्च गर्नुभन्दा एकेडेमीका बालकलाई स्टेसनरी सहयोग गर्दै उनले १२ औं जन्मदिन मनाएकी हुन् ।

शनिबार पोखरा १७ दोबिल्लास्थित सहारा एकेडेमीमा आयोजित समारोहमा उनले बालकहरुलाई कलम, नोटबुक प्रदान गरिन् । सबैलाई खाना खुवाउनुका साथै केक काटेर रमाइलो गरिन् । सहारा क्लब पोखराका सल्लाहकार सुनील गुरुङ र सरस्वतीकी छोरी सइसा सेन्ट मेरिजमा कक्षा ७ पढ्छिन् ।

एकेडेमीमा विपन्न तथा कठिन परिस्थितिका १३ बालक छन् ।

Advertisement

तपाईको प्रतिक्रिया