पोखरा कलेजको वार्षिकोत्सवमा काहुँडाँडामा वृक्षरोपण

समाधान संवाददाता २०७९ साउन १६ गते १२:५२

पोखरा ।
पोखरा कलेज अफ म्यानेजमेन्टको २० औं वार्षिकोत्सवको अवसरमा आइतबार वृक्षरोपण गरिएको छ । पोखरा ११ काहुँडाँडामा १० प्रजातिका करिब १ सय ५० बिरुवा रोपिएको कलेजका बिबिए कार्यक्रम संयोजक सरोज कुँवरले बताए ।

कलेज व्यवस्थापन समिति अध्यक्ष विनोद कायस्थ, सञ्चालक प्राञ्जल कायस्थ र प्राचार्य लिना नेगी श्रेष्ठले संयुक्त रुपमा वृक्षरोपण सुरुआत गरेका थिए । पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त गरी २०५८ मा स्थापित यस कलेजले हाल स्नातक तहमा बिबिए र बिसिआइएस (आइटी) अध्यापन गराउँदै आएको छ ।

यस कलेजबाट हालसम्म ४ हजारभन्दा बढी विद्यार्थीले अध्ययन पूरा गरी उद्योग, बैंक, इन्सुरेन्स, पर्यटन, प्राध्यापन, सूचना प्रविधि, कम्पनी लगायतका क्षेत्रमा कार्य गरिरहेको सहप्राचार्य हरिप्रसाद बरालले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया