शुक्ला साहित्य प्रतिष्ठानमा हरि

समाधान संवाददाता २०७९ साउन १६ गते १३:००

पोखरा ।
शुक्ला साहित्य प्रतिष्ठानको ३५ औं साधारणसभा तथा १२ औं अधिवेशनले हरिबहादुर बरूवालको अध्यक्षतामा नयाँ समिति चुनेको छ । प्रथम उपाध्यक्षमा दुर्गा बस्नेत, द्वितीय उपाध्यक्ष गीता भण्डारी, कोषाध्यक्ष कमला शर्मा, सचिव दीपेन्द्र बानियाँ र सहसचिव सञ्जय थापा छन् ।

सदस्यमा लक्ष्मी देवकोटा, हरिबहादुर थापा, मोहन सुनार, शकुन्तला केसी र रूपा केसी निर्वाचित भएका छन् । सुमनराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकीका भौतिक पूर्वाधार मन्त्री कुमार खड्का, पोखरा १६ का वडाध्यक्ष अमृत तिमिल्सिना शर्मा, वडा नम्बर १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे लगायतले बोलेका थिए ।

सभामा सचिव गीता भण्डारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष दीपेन्द्र बानियाँले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा सेतीको लहर अंक ८ सार्वजनिक गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया