सेती गंगा महिला चेतनशील आमा समूहको सभा

समाधान संवाददाता २०७९ साउन १६ गते १३:०५

पोखरा ।
सेतीगंगा महिला चेतनशील आमा समूहको चौथौं साधारण सभा शनिबार भएको छ । कार्यक्रममा पोखरा १५ का वडा सदस्य आशीष भण्डारीले आमा समूहलाई उद्घोषण तालिम र सीपमूलक तालिमको आवश्यकता रहेकाले वडाले त्यसका लागि सहयोग गर्ने बताए ।

बढ्दो विदेशी संस्कृतिका कारण परम्परागत धर्म संस्कृति लोप हुँदै गएकाले टोल विकास संस्था र आमा समूहले संस्कृति जगेर्ना गर्नुपर्ने उनको भनाइ छ । टोल विकास संस्थाकी संस्थापक अध्यक्ष पूर्णकला गुरुङले २०३३ सालमा बाढी पीडित हुँदा सरकारले ल्याएर राखे पनि अझै ४६ वर्षसम्म लालपुर्जा नदिएका बारम्बार प्रहरी प्रशासनले दुख दिएको बताइन् ।

कार्यक्रममा संस्थाका सल्लाकार धनराज गुरुङ, टोल विकास संस्थाका अध्यक्ष सूर्यबहादुर बानियाँ, संस्थाकी कोषध्यक्ष खिलमा राजभाट र खाल्टे आमा समूहकी अध्यक्ष सकुन्तला गुरुङले बोलेका थिए । अध्यक्ष रमादेवी रानाभाटले एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्दा एउटै टोलमा २ आमा समूह भएको बताइन् । ‘हामीहरु एउटै टोलमा बसेर पनि मिल्न सकेका छैनौं । सबैलाई पदको लोभ छ,’ उनले भनिन् ।

Advertisement

तपाईको प्रतिक्रिया