बाढीले अर्घौंचोकका पसलमा क्षती

समाधान संवाददाता २०७९ साउन १६ गते १७:१०

लेखनाथ ।
आइतबार राती देखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका वडा नं २७ को अर्घौचोकका विभिन्न पसलहरुमा बाढीको पानीले क्षती पुर्‍याएको छ । रातीको समयमा विजयपुर नहरमा पानीको बगाव बढेपछि उत्त ठाउको बिशाल एग्रोस्टोर र सापकोटा बेकरीमा क्षती पुगेको हो ।

बाढीका कारण नहर थुनिएर पसल भित्र हिलो पानी पस्दा बिशाल एग्रोस्टोरमा करिव चार लाख वरावरको क्षती भएको संचालक विष्णु प्रसाद लामिछानेले जानकारी दिएका छन् । सापकोटा बेकरी भित्र पानी पस्दा डोकेरेसन सहित फ्रिजहरुमा क्षती पुगेको संचालक बेल प्रसाद सापकोटाको भनाई रहेको छ ।

बाढी पिडितहरुलाई अर्घौ बजार ब्यवस्थापान समिति,लायन्स क्लव अफ लेखनाथ सेभेन लेक सिटी,लेखनाथ उद्योग बाणिज्य संघ र डाडाकोनाक प्रहरीचौकीको सहयोगमा बाढी नियन्त्रण एवंम सरसफाईमा सहयोग पुर्‍याएका थिए ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया