दोविल्लाघाट संरक्षणका लागि सहयोग

समाधान संवाददाता २०७९ साउन १६ गते १७:२७

साउन ।
पोखरा महानगर पालिका वडा नं– २१ को दोबिल्ला घाट संरक्षण तथा ब्यबस्थापनका लागि विभिन्न ब्यक्तिहरुबाट सहयोग आउने क्रम जारी रहेको छ । पछिल्लो समय अमेरीका वस्दै आएका गोपाल रायमाझी र उनकी धर्मपत्नी शशि रायमाझीले आफ्नो जन्मभुमीको बिकासका लागि एक लाख आठ हजार सहयोग गरेका छन् ।

त्यसै गरि रायमाझी परिवारले सोही ठाउको अपाङ्ग र असक्त भएका ब्यक्तिहरुका लागि ६३ हजार, स्थानिय मठ मन्दिरका लागि ३३ हजार र मुहानेतरा आमा समुहलाइ रु.२१ हजार सहयोग गरेका हुन् ।यसैगरि रायमाझीले आफुले पढेको जनचेतन मावि विद्यालयको भौतिक तथा शौक्षीक विकासका लागि रु एक लाख २५ हजार सहयोगका छन् ।

घाट संरक्षण समितिका अध्यक्ष भरत रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं २१ का वडाअध्यक्ष दिपक सुवेदीले आफनो ठाउको विकासका लागि विदेशमा वसेर पनि सहयोग पुर्‍याएकोमा उच्च कदर गर्दै आगामी दिनमा पनि यस प्रकारको सहयोगको अपेक्ष्या गरेको बताएका थिए । साथै उनले घाटको करिव सय रोपनी जग्गा संरक्षण र विकासका लागि वडास्तरबाट सहयोग रहने प्रतिवद्धता समेत जनाएका थिए ।

Advertisement

सोही अवसरमा भरतपुर घर भई हाल अमेरीका वसोवास गर्दै आएका इन्जिनियर नरेन्द्र पौडेल,काठमाण्डौ घर भएका राकेश कार्की र विराटनगर घर भएका प्रमोद आचार्यले पनि प्रति ब्यक्ति रु २५ हजार सहयोग गरेका थिए । यस अघि घाटमा मलामी विश्राम गृह भवन साथै सार्वजनिक सौचालय निर्माण र दाहासंस्कार गर्ने दाउरा राख्ने गोदामको लागि धुर्व थापा स्मृति प्रतिष्ठानकी अध्यक्ष काठमाण्डौ निवासी तिल कुमारी थापाले सहयोग गरेकी हुन् ।

घाटलाई ब्यवस्थीत गर्दै फुर्से खोेला र सेती नदिको संगममा रहेको करिव सय रोपनी जग्गामा धार्मिक पर्यटकिय तिर्थ स्थल बनाउनको लागि प्रचार प्रसार गरी सबन्धित अन्य निकाय संग समुन्वय गर्दै अघि बढाउने योजना रहेको स्थानिय समाजसेवी मोती गिरीले जानकारी दिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया