प्रदेशको ‘लिडिङ’ गण्डकीले गर्‍योः पूर्व मुख्यमन्त्री गुरुङ

समाधान संवाददाता २०७९ असोज १४ गते १८:०१

पोखरा
गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका उप–महासचिव पृथ्वीसुब्बा गुरुङले सात प्रदेश मध्ये गण्डकी प्रदेशसभाले जनताको पक्षमा सबैभन्दा बढि जिम्मेवारी भएर काम गरेको बताएका छन् ।

प्रदेश सभा सचिवालयको आयोजनामा शुक्रबार सांसदहरुको सम्मान र बिदाइ साथै दशैं शुभकामना दिँदै गुरुङले संघीयताको मर्म अनुसार गण्डकी प्रदेश सभादेशकै सफल प्रदेश भएको बताए । ‘गण्डकी प्रदेश सभाले सधैं ऐन कानुनहरु बनाउँदा होस् । वा प्रदेश राजधानी तोक्ने देखि प्रदेशको नामकरण गर्दा गण्डकी प्रदेश सभा सधैं अगाडि रह्यो,’ गुरुङले भने । गण्डकी प्रदेशको सिको गरेर नै अरु प्रदेशसभाले नामकरण र प्रदेश राजधानी तोक्न बाध्य भएको उनको भनाइ छ । उनले पाँच बर्षसम्म प्रदेश नम्बर १ को नामकरण नहुनु दुखद भएको सुनाए ।


आफ्नो मुख्यमन्त्री हुँदा संघीयतालाई मजबुद बनाउन ऐन निर्माणमा जोड दिएको उनले बताए । उनले वर्तामान प्रणालीको विकल्प नभएको बताए । ‘संसारमा सबै प्रणाली फेल खाएका छन् । प्रणाली बलियो बनाउन हामी सबैको व्यवहार र आचारणमा सुधार गर्नुपर्छ । व्यवहार र आचारण सुधार गरेको खण्डमा विकास निर्माणले फड्को मार्छ,’ गुरुङले भने ।

Advertisement

तपाईको प्रतिक्रिया