पुरुष ह्यान्डबलमा आर्मीको जित

समाधान संवाददाता २०७९ असोज २५ गते १०:५९

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष ह्यान्डबलको दोस्रो खेलमा विभागीय आर्मीले सहज जित निकालेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा समूह ‘ए’ को आर्मीले बागमती प्रदेशमाथि ४३–८ को सहज जित निकालेको हो । आर्मीका लागि आकाश अधिकारीले सर्वाधिक ८ र बागमतीका लागि महेश पुरीले सर्वाधिक ४ गोल गरे ।

Advertisement

तपाईको प्रतिक्रिया