एपिएफले गण्डकीलाई ९ विकेटले हरायो

समाधान संवाददाता २०७९ असोज २७ गते ११:११

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको एपिएफ क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको खेलमा एपिएफले गण्डकीलाई ९ विकेटले पराजित गरेको हो ।

२७ रनको झिनो लक्ष्यका साथ मैदान प्रवेश गरेको एपिएफले २ ओभर २ बलमा पुरा गर्‍याे एपिएफका कप्तान सिता रानामगरले अविजित सर्वाधिक १२ रन बनाइन् । इन्दुबर्माले अविजित ९ रन र ज्योति पाण्डेले २ रन बनाइन् । गण्डकीकी कप्तान सृष्टीले १ विकेट लिइन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ थालेको गण्डकीले १८ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र २६ रन बनाएको थियो । गण्डकीकी कप्तान सृष्टी जैशीले १४ बलमा १ चौकासहित सर्वाधिक ५ रन बनाइन् । ओपनर विन्दु मगर १७ बलमा ३ रन जोडिन् । एपिएफका लागि इन्दु बर्माले २ विकेट लिइन् । उनले ३ ओभरमा १ मेडनसहित ४ रन खर्चेर २ विकेट लिइन् । सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सीता रानामगर १/१ विकेट लिए । नवौं खेलकुद अन्तर्गत महिला क्रिकेटमा बिहीबारको दोस्रो खेलमा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश खेल्नेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया