पुरुष फुटबलमा एनआरएनए विजयी

समाधान संवाददाता २०७९ असोज २७ गते १५:४४

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल खेलमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विजयी सुरुवात गरेको छ । पोखराको याम्दीस्थित गोष्तेघाट खेलमैदानमा बिहीबारदेखि सुरु भएको खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई २–० अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

एनआरएनएको जितमा विमल घर्तीमगर र सञ्जोग राईले गोल गरे । विमलले खेलको आठौं मिनेटमा गोल गर्दै एनआरएनएको खाता खोलेका थिए । दोस्राे गोल भने एनआरएनएका सञ्जोगले दोस्राे हाफको दशौं मिनेटमा गरे ।

आजै वागमती र मधेश प्रदेशबीच प्रतियोगिता हुँदैछ । प्रतियोगिता केहिबेरमा सुरु हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया