लेखक संघको अधिवेशनमा कवि गोष्ठी

समाधान संवाददाता २०७९ कार्तिक १८ गते ११:२१

पोखरा ।
नेपाली लेखक संघले देशैभर जिल्ला जिल्लामा शाखा विस्तार गरिरहेको छ । गण्डकी प्रदेशका जिल्लामा शाखा विस्तारपछि प्रदेश अधिवेशनको तयारी भएको छ ।

प्रदेशहरूको पहिलो अधिवेशन गर्नका लागि संघले सात वटै प्रदेशमा संयोजक र सदस्य–सचिव तोकेको छ । संघले आगामी शनिबार प्रदेश अधिवेशन पोखरामा गर्ने भएको छ ।

गण्डकी प्रदेशमा कवि एवं साहित्यकार डा ईश्वरमणि अधिकारी संयोजक र साहित्यकार रमेशचन्द्र घिमिरे सदस्य–सचिव छन् । प्रदेश अधिवेशनसँगै गण्डकी काव्य गोष्ठीको पनि आयोजना गरिने भएको छ ।

Advertisement

जसमा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट प्रदेश अधिवेशन प्रतिनिधिका रूपमा आएका कविका अतिरिक्त स्थानीय कविको सहभागिता रहने संयोजक अधिकारीले जानकारी दिए ।

अधिवेशन तथा काव्य गोष्ठी गर्नका लागि संयोजक डा अधिकारीकै संयोजकत्वमा सञ्जीव पौडेल, मिलन समीर, दीपक समीप, लक्ष्मण थापा, रीता अधिकारी ऋतु, ईशा शाह, अमृत क्षेत्री सदस्य र रमेशचन्द्र घिमिरे सदस्य–सचिव रहेको ९ सदस्यीय अधिवेशन तथा गोष्ठी आयोजक समिति बनाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया