नागरिक समाजले उम्मेदवारसँग परिचय कार्यक्रम गर्ने

समाधान संवाददाता २०७९ कार्तिक १८ गते १७:१६

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २६ मा स्थापना भएको जागरूप नागरिक समाज संस्थाले कार्तिक १९ गते उम्मेदवारहरूको परिचय कार्यक्रम गर्ने भएको । मंसिर ४ गते हुने चुनावको माहोलले तातिरहेको अवस्थामा जागरूक नागरिक समाजले कास्की क्षेत्र नं १ प्रतिनिधी सभा र प्रदेश सभामा सम्पूर्ण आकांक्षी उम्मेदवारहरूको परिचय तथा प्रतिवद्धता घोषणा पत्रको बारेमा नागरिकलाई जानकारी गराउने उदेश्यले कार्तिकको १९ गते बुढिबजारमा कार्यक्रम गर्न लागेको हो ।

सुसासन, विकास र समृद्धिको लागि नागरिक सञ्जाल भन्ने नाराका साथ स्थापना भएको जागरूक नागरिक समाजले समाजको लागि विभिन्न किसिमका सामाजिक कार्यक्रम गर्दै आएको संस्थाले, आम नागरिक सामु उम्मेदवारहरुलाई उपस्थित गराउने र प्रतिवद्धता समेत गराईने गराउने भएको छ ।

संस्थाका अध्यक्ष रामहरि ढुंगनाको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक भिमप्रसाद सन्तोष सुवेदीले गरेका थिए भने कार्यक्रमको संचालन संस्थाका मिडिया संयोजक लक्ष्मीप्रसाद ढुंगनाले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया