पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ प्राधिकरण आफैंले गर्ने

समाधान संवाददाता २०७९ कार्तिक १९ गते १४:३६

पोखरा ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मा नेपाल वायुसेवा निगमलाई नदिने घोषणा गरेका छन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक अधिकारीले पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको काम प्राधिकरण आफैंले गर्ने घोषणा गरेका हुन् ।


यसअघि पोखराको ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी निगमलाई दिएको थियो । तर, निगमले दिने सेवामा गुणस्तरमा प्रश्न उठिरहेकाले पोखराको जिम्मेवारी खोस्ने घोषणा गरेका हुन् ।

Advertisement

ग्राउन्ड ह्यान्डलिङको काम प्राधिकरणले गर्ने अधिकार रहेकाले त्यसको अधिकार प्रयोग गर्ने महानिर्देशक अधिकारीको भनाइ छ । गौतम बुद्ध विमानस्थलबाट हवाई उडान गर्न निगमले आनाकानी गरेसँगै प्राधिकरण र निगमबीच सम्बन्ध चिसिएको छ । महानिर्देशक अधिकारीले जहाज नउठाउने तर ग्राउन्ड ह्यान्डलिङको काम मात्र गर्छु भन्ने अधिकार निगमसँग नरहेको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया