स्टेप बाइ स्टेप माविमा वक्तृत्व कला प्रतियोगिता

समाधान संवाददाता २०७९ कार्तिक १९ गते १४:४३

पोखरा ।
स्टेप बाइ स्टेप मावि मासवार पोखरामा कक्षा ९ र १० का विद्यार्थीबीच नेपाली वक्तृत्वकला प्रतियोगिता भएको छ । प्रतियोगितामा रोश्नी पाठक प्रथम, सुदर्शन बराल द्वितीय, प्रकृति शर्मा तृतीय तथा प्राप्ति अधिकारी र अनमोल खडका सान्त्वना भए ।

कार्यक्रममा विद्यालयका सहप्राचार्य दीपक गिरीले वक्तृत्वकला व्यक्तित्व विकासको महत्वपूर्ण विषय भएको बताए । उनले विद्यार्थी जीवनमा सिकेका वक्तृत्वकला जस्ता कुरा जीवनभर काम लाग्ने उल्लेख गरे । कार्यक्रममा विद्यालयका को–ओर्डिनेटर सूर्यप्रसाद लम्साल, लक्ष्मण भण्डारी र विज्ञान विभाग प्रमुख युवराज लामिछानेले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया