माधव वियोगी पुरस्कार उपाध्यायलाई

समाधान संवाददाता २०७९ कार्तिक २० गते १०:४४

पोखरा ।
पोखरेली स्रष्टा छन्दनायक एवम् महाकाव्यकार माधव वियोगीको नाममा स्थापित माधव वियोगी साहित्य पुरस्कार पहिलोपल्ट कविवर मुकुन्दशरण उपाध्यायलाई प्रदान गरिने भएको छ ।

माधव वियोगी वाङ्मय प्रतिष्ठानको शनिबार बसेको बैठकले सो निर्णय गरेको हो । नेपाली कविता लेखनका साथै भाषा र व्याकरणको सही रूप पहिचानका लागि अभियानात्मक कार्यमा सक्रियताका संलग्न भएवापत सो पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष रामनाथ अधिकारी सँगीले जानकारी गराएका छन् । श्री उपाध्यायले प्राकृतिक पोखरा काव्यका लागि २०२१ सालमै मदन पुरस्कार प्राप्त गरेका थिए ।

१५ हजार रुपैयाँ राशिको उक्त पुरस्कार यही कार्तिक २९ गते छन्दनायक वियोगीको ६२ आंै जन्मोत्सवका अवसरमा पोखरामा आयोजना हुने विशेष समारोहमा वितरण गरिने प्रतिष्ठानका सचिव छन्दमणि त्रिपाठीले जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया