कोन सहकारीमा अन्तरक्रिया

समाधान संवाददाता २०७९ कार्तिक २० गते १२:४७

पोखरा ।
कोन सामुदायिक बचत तथा ऋण सहकारीले शुक्रबार वचत तथा ऋण सहकारीका समस्या, चुनौति एवं समाधानका उपाय विषयक अन्तरक्रिया आयोजना गरेको छ ।

कार्यक्रममा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशका प्रमुख रमेश घर्तीले सहकारीमा शिक्षा, चेतना र जागरण बढाउँदै सकारात्मक वातवरण सृजना गर्नुपर्नेमा जोड दिए ।

सहकारीमा देखिएका समस्या समाधानका लागि सहकारी अभियानका आन्तरिक संरचना, व्यवस्थापन, सदस्यको कार्यदक्षता र व्यवहारलाइ प्रभावकारी बनाउनुपर्नेमा प्रमुख घर्तीले जोड दिए ।

Advertisement

सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशका अधिकृत चोलकान्त वाग्लेले बचत तथा ऋण सहकारीलाई थप व्यवस्थित बनाउँदै नियमन क्षमतालाई अझै प्रविधिमैत्री बनाउनुपर्ने विचार राखे ।

कार्यक्रममा कोन सहकारी सञ्चालक समितिका पदाधिकारी, सल्लाहकार, सेयर सदस्य र कर्मचारीले आफ्ना जिज्ञासा राखेका थिए । कोनका अध्यक्ष तीर्थबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सचिव शान्तकुमार श्रेष्ठले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया