स्याङ्जामा हवाई फायर, डेढ घन्टापछि पुन मतदान

समाधान संवाददाता २०७९ मंसिर ४ गते १५:४१

पोखरा ।
स्याङ्जाको चापाकोट नगरपालिका १ को मतदान स्थलमा हवाई फायर भएको छ ।
मतदानको विषयलाई लिएर एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा स्थिति नियन्त्रण लिन हवाई फायर गर्नुपरेको एसपी राजीवबहादुर बस्नेतले जानकारी दिए।

चापाकोट नगरपालिका १ को आधिचौघेरास्थित भानु मावी मतदान केन्द्रमा विवाद हुँदा करिब डेढ घन्टा मतदान स्थगित भएको थियो।

अहिले स्थिति नियन्त्रणमा आएको र मतदान प्रक्रिया अघि बढेको एसपी बस्नेतले बताए।

Advertisement

तपाईको प्रतिक्रिया