स्याङ्जा २ मा सुई चिन्ह पाएका सागर ढकाललाई १२९ मत

समाधान संवाददाता २०७९ मंसिर २२ गते १६:१०

पोखरा ।

डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवासँग स्वतन्त्र उम्मेदवार सागर ढकाल चर्चित थिए । उनको चुनाव चिह्न थियो सुई । डडेल्धुरामा सुई चिन्हधारी सागरले चुनाव जितेनन् तर मतचाहिँ धेरै नै ल्याए । अरु पार्टीलाई उछिनेर देउवाका निकटतम प्रतिस्पर्धी बने ।

संयोग कस्तो भने स्याङ्जा २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारमध्ये एकजना सागर ढकाल थिए । स्याङ्जाका सागर र डडेल्धुराका सागरको नाममात्रै होइन चुनाव चिह्न पनि एउटै परको थियो ।

Advertisement

त्यति समानता हुँदा हुँदै पनि स्याङ्जाका सागर ढकालले भने डडेल्धुराका सागरका जसरी मत पाएनन् । निकटतम् प्रतिस्पर्धी पनि बनेनन् । उनले जम्मा १२९ मत पाएका छन् । उक्त क्षेत्रबाट कांग्रेसका धनराज गुरुङ विजयी भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया