खास्टे सहकारीमा शिवजी

समाधान संवाददाता २०७९ पुष ४ गते १३:१३

लेखनाथ ।
खाष्टे बचत तथा ऋण सहकारी पोखरा २६ को १२ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले शिवजी तिवारीको अध्यक्षमा नयाँ सञ्चालक समिति चुनेको छ ।

समितिको उपाध्यक्ष पार्वती न्यौपाने, सचिव रेवतीरमण लामिछाने, कोषाध्यक्ष विशेश्वर ढुंगाना र सदस्यमा शोभाकुमारी अधिकारी, सविता लामिछाने, प्रकाश अधिकारी, सम्झना विक र देवुमाया आचार्य छन् ।

लेखा समिति संयोजकमा भरतराज अधिकारी र सदस्यमा शान्ति लामिछाने र वीरेन्द्र दाहाल, ऋण समितिका सदस्य शान्ति तिमिल्सेना र ईश्वरीप्रसाद अधिकारी निर्वाचित भएको निर्वाचन संयोजक अधिवक्ता हेमराज बरालले बताए ।

Advertisement

सभामा पोखरा महानगरपालिका सहकारी समिति अध्यक्ष रविरमण तिवारीले गोजी र पटुकामा भएको पैसालाई बचत गर्ने बानीको विकास गराउन सहकारी सफल भएको बताए । उनलेसहकारीले सेयर सदस्यको सुखदुःखमा साथ दिनुपर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष देवानन्द दाहालको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रिय बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्रमोहन अधिकारी र सहकारी विज्ञ राममणि ढुंगाना लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया